स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ कञ्चनपुरमा पनि आन्दोलन


कञ्चनपुर: गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आयोजित आन्दोलनका कार्यक्रममा कञ्चनपुरमा समेत ऐक्यबद्धता जनाईएको छ । लोकराज पाण्डेय(आगो) नेतृत्वको संघर्षए समितिले आइतबार आब्हान गरेको सुदूरपश्चिम बन्दको कार्यक्रममा समेत ऐक्यबद्धता एव आन्दोलनमा सर्मथन जनाउँदै विभिन्न राजनीतिक दल निकट युवा विद्यार्थी सडकमा आएका छन ।

उनीहरुले बिहानदेखि पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गराएका छन । कञ्चनपुरका युवा दिपेन्द्र सिह ऐरीले सुपका जनतामाथि धोका हुन खोजेपछि संघर्ष समितिद्वारा आब्हान गरिएको बन्द अन्र्तरत कञ्चनपुरमा समेत बन्द गरिएको बताए । ‘हामीले बजार र राजमार्ग क्षेत्रमा बन्द गराएका छौँ, ‘उनले भने, ‘दिनभरी शान्तिपुर्ण आन्दोलन गरेर साँझ कोण सभा सहित समापन गछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img