एनआरएन यूएई अध्यक्षको दौडमा विष्ट


कञ्चनपुर : गैर आवासिय नेपाल संघ(एनआरएन) यूएईको आठौँ महाधिवेशन नजिकिएसंगै आँकाक्षी उम्मेदवारले उम्मेदवारी घोषणा गरिरहेका छन । आउँदो १० जुनमा हुने गैर आवासिय नेपाल संघ(एनआरएन) यूएईको आठौँ महाधिवेशन नजिकिएसंगै आँकाक्षी उम्मेदवारले उम्मेदवारी घोषणा गरिरहेका हुन ।

सुदूरपश्चिम सेवा समाज यूएईका कोषाध्यक्ष एव नेपाली समाज यूएईका केन्द्रीय सदस्य समेत रहेका तारा सिह विष्टले समेत गैर आवासिय नेपाल संघ(एनआरएन) यूएईएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । गैर आवासिय नेपाल संघ(एनआरएन) यूएईको क्षेत्रीय अध्यक्षका लागि समाजसेवी समेत रहेका विष्टले आम मजदुरको हक अधिकारका लागि आफुले उम्मेदवारी दिन लागेको बताएका छन ।

विष्टले विदेशमा रहेका नेपाली दाजुभाईको हकअधिकार, संगठन भ्रष्टाचारमुक्त पारदर्शी बनाउने, श्रमिक नेपालीको हक अधिकार सुनिश्चितता गराउने, संगठन सबै मजदुरको साझा बनाउने एजेण्डा अघि सार्दै सहयोगका लागि अपिल गरिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img