रास्वपा नेता बोहराद्वारा पार्टी कार्यालय स्थापनाका लागि निःशुल्क घर


कञ्चनपुर,: राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका युवा नेता तिर्जराज बोहराले पाटी कार्यालय स्थापनाका लागि आफ्नो घर निःशुल्क दिएका छन । रास्वपा नेता बोहराले बेलौरी नगरपालिका ४ बेलौरी बजार स्थित आफ्नो घर नगर पाटी कार्यालय संचालनका लागि निःशुःल्क दिएका हुन ।
वैकल्पिक शक्तिको रुपमा उदय भएको पाटीलाई आफ्नो तर्फबाट सक्दो सहयोग गरेको उनले बताए ।

मैले नगर पाटी कार्यालय संचालनका लागि मेरो बेलौरीको घर निःशुल्क दिएको छु, ‘उनले भने, ‘एक पैशा लिदैन, जतिबेलासम्म कार्यालय संचालन गर्छन, दिन्छु ।’ आफुहरुले पाटीमा लागेपछि लिने भन्दा पनि पार्टीका लागि योगदान दिने भन्दै बोहराले सक्ने सहयोग गरिएको बताए । पाटी कार्यालय संचालनका लागि निःशुल्क घर पाएपछि सोमबारदेखि नै राष्ट्रिय स्वतन्त्र पाटी बेलौरी नगर समितिले पाटी कार्यालय समेत संचालनमा ल्याएका छन । रास्वपा बेलौरीका सभापति विष्णू प्रशाद शर्मा सहितले बोहरालाई सम्मान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img