५० औं विश्ववातावरण दिवस मनाइँदै


कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ स्थित रहेको श्री उदयदेव माध्यमिक विद्यालयले ‘प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौैं वातावरण मैत्री विकल्पको उपभोग गरौं’ भन्ने मूलनाराका साथ विद्यालयमा ५० औं विश्व वातावरण दिवस मनाएको छ । विद्यालयले गाँउमा जनचेतना मुलक प्रभात फेरी तथा विद्यालयमा सरसफाई गरी ५० औं विश्व वातावरण दिवस मनाइएको विध्यालयका प्रधनाध्यापक महेश्वर दत्त भट्टले वताउनु भयो ।

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनितिक र समाजिक जागृति ल्याउने उद्देश्उले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । विश्व वातावरण दिवस हरेक जुन ५ तारिखका दिन मनाइदै आइरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img