कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ नम्बर वडादेखि ऐलानी जमिन नापजाँच शुरु गरिएको छ । आइतबारदेखि बेलडाँडी गाँउपालिकाले १ नम्बर वडा सिद्धचोकदेखि ऐलानी जमिन नापजाँच शुरु गरेको हो । बेलडाँडी गाँउपालिका प्रवक्ता समेत रहेका १ का वडाध्यक्ष गज बहादुर विष्टले सिद्धचोकदेखि भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी बनाउन नाप नक्साको काम आज शुरु गरिएको बताए ।

प्रवक्ता बिष्टका अनुसार भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि गाँउपालिकाले जग्गा नापजाँचलाई तिब्रता दिएको बताए । उनका अनुसार बेलडाँडी वडा १ मा भुमीहीन दलित २९, भुमीहिन सुकुम्बासी २१ र अब्यबस्थित बसोबासी ६ सय २६ गरि हाल सम्म जम्मा ६७६ ईन्ट्री भएको जनाए । नापजाँच कार्यलार्ई दुरुस्त गतिमा अघिबढाउन जनशक्ति थप गरिएको समेत जनाए । वडा ५ मा नापजाँचको काम अन्तिम चरणमा रहेको, वडा नं २ र ३ मा नापजाँच कार्य जारी रहेको पालिका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

प्रमुख रानाले १ मा समेत नापजाँच कार्य उदघाटन गर्दै आम जनतालाई जमिनको मालिक भनाउने अभियानलाई तिब्रता दिएको बताए । उदघाटन कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानीय वासिन्दा लगायतको सहभागिता रहेको थियो । बषौँ पछि जमिनको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन ।







