सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा तस्करीका अवैध समानदेखि काठ तस्करमाथि एक्सन


कञ्चनपुर : शसस्त्र प्रहरीले कञ्चनपुरमा तस्करीका अवैध समान बरामददेखि काठ तस्करमाथि एक्सन गरेको छ । सशस्त्र प्रहरी ३५ नम्बर बल नेपाल हेक्वा शैलेश्वरी र उक्त गण मातहत रहेका बिओपीले तस्करीका अवैध समान नियन्त्रणदेखि काठ तस्करमाथि एक्सन गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरका अनुसार जिल्लाका विभिन्न स्थानबाट भन्सार चोरी छली गरेका अवैध समानदेखि काठ तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएर कार्बाही गरिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल दोधाराचाँदनी सुन्दरनगरबाट खटिएको टोलीले नेपालबाट भारत तर्फ लगिरहेको कोलकेट सहितका १ लाख ६० हजार बजारको समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल जिमुवाबाट खटिएको टोलीले गज्जर क्षेत्रबाट विभिन्न १लाख ५३ हजार ३सय ८० रुपैया बराबरको कपडा बरामद गरेको छ । जमुनाघाडी क्षेत्रबाट अवैध चिसो पदार्थ २१ हजार ९सय बराबरको समान बरामद गरेको छ ।
बरामद गरिएको अवैध समान सशस्त्र प्रहरीले गड्चौकी भन्सार चलान गरेको छ । यस्तै सशस्त्र प्रहरीले दोधाराचाँदनी ३ नम्बर बडुवाल टोल क्षेत्रबाट मोटरसाईकलमा काठ तस्करी गरिरहेका चार जनालाई काठ, मोटरसाईकल सहित नियन्त्रणमा सलिएको छ । दुई थान गोलिया सहित दोधाराचाँदनी ३ बडुटोलका भक्त बहादुर बुढा, पप्पु बुढा क्षेत्री, गोपाल डाँगी र दोधाराचाँदनी २ बस्ते बिनो खडकालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट म१प७३३१ र म१प ४४२२नम्बरको मोटरसाईकल सहित दुुई सिसमका गोलिया बरामद गरेर थप कार्बाहीका लागि शुक्लाफाँटा निकुञ्जमा पठाएको छ । सशस्त्र प्रहरीले भारतबाट आउने प्रतिबन्धीत कुखुरा समेत बरामद गर्दै नष्ट गर्दै आएको छ । अर्थतन्त्रमा गिरावट आएका बेला सशस्त्र प्रहरीले कञ्चनपुरमा राजस्व छली नियन्त्रण गर्दै आएको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले मातहतका गुल्म र बिओपीलाई तस्कर बिरुद्ध निर्मम भएर सीमा क्षेत्रमा हुने सबै प्रकारका गैर कानुनी गतिबिधी नियन्त्रणमा स्पष्ट निर्देशन दिर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img