निर्माण व्यवसायीलाई करदाता शिक्षा


कञ्चनपुर : कञ्चनपुरका निर्माण व्यवसायीलाई करदाता शिक्षा सम्बन्धी अभिमुखीकरण गराईएको छ । आन्तरिक राजस्व कार्यालयले निर्माण व्यवसायीसंग करदाता शिक्षा तथा अन्र्तक्रया कार्यक्रम गरेको हो ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले निर्माण व्यवसायीसंग राजस्व कार्यालयले अन्तरकृया गरेको बताए । शुक्रबार कञ्चनपुर निर्माण व्यवसायी संघको सभा कक्षमा गरिएको कार्यक्रममा संघ आवद्ध निर्माण व्यवसायी सहभागी भएका थिए ।
कार्यक्रममा आर्थिक ऐन, सरकारका कर सम्बन्धि व्यवस्था लगायतका बारेमा जानकारी दिइएको छ । संघका अध्यक्ष भट्टले कार्यक्रममा कार्यालयसित व्यवसायीको सम्बन्ध सुधार, व्यवसायीलाई कर कानुन सम्बन्धी जानकारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन ।
संघका अध्यक्ष निरन्जन प्रशाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डोलिन्द्र प्रसाद शर्मा प्रमुख अतिथि थिए । संघका सचिव सूर्य बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा कर कार्यालयका कर अधिकृत किरन डाँगी, नायब सुब्बा भीम विष्ट,संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी, रामदत्त लेखक, निर्माण व्यवसायी संघका सुदूरपश्चिम प्रदेश समितिका सदस्य शक्ति पन्त विष्ट, केशव भट्ट, प्रदेशका पूर्व उपाध्यक्ष अमर बहादुर बम लगायतका सहभागी भए ।


Loading Viewer...

ताजा समाचार

spot_img