विपद् जोखिम न्यूनिकरणका लागि समुदाय अग्रसर हुनुपर्नेमा जोड


कञ्चनपुर: विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि समुदाय अग्रसर हुनुपर्नेमा कञ्चनपुरका सरोकारवालाले जोडदिएका छन । शुक्रबार महेन्द्रनगरमा निड्स नेपालद्वारा संचालित मानविय सहायता साझेदारी मञ्चले आयोजना गरेको ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यका लागि स्थानीयकरण विषयक सरोकारवाला गोष्ठीमा सहभागिहरुले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि समुदाय अग्रसर हुनुपर्नेमा कञ्चनपुरका सरोकारवालाले जोडदिएका हुन । सरोकारवालाले स्थानीय सबै समुदाय विपद्बारे सचेत र व्यवस्थापनका लागि अग्रसर हुँदा ठुलो जोखिमबाट बाँच्न सकिने बताएका छन ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विपद् बारे कार्यपत्र प्रस्तुत गर्दै विपद् जोखिम न्यूनिकरणका लागि समुदाय अग्रसर हुनुपर्नेमा जोडदिए । निड्स नेपाल कञ्चनपुरका सचिव देवचन्द्र उपाध्यायको अध्यक्षतमा भएको कार्यक्रमको संचालन निड्स नेपालका कार्यक्रम संयोजक बिनोद कडाराले गरेका थिए । कार्यक्रममा सहभागि सरकारी तथा गैर सरकारी क्षेत्रका प्रतिनिधीले आ–आफ्नो् स्थानीय स्तरमा समुदाय अग्रसर सचेत बनाउनेमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img