कञ्चनपुर : नेकपा माओवादी केन्द्रका युवा नेता ओम विक्रम भाट(सरल)ले महेन्द्रनगर नगर विकास घोटाला काण्डमाथि यथाशिघ्र छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका युवा नेता सरलले नगरको गुरु योजना मिचेर जमिन लिजदेखि बिक्रि वितरण सबै गैर कानुनी गतिबिधी छानबिन हुनुपर्ने बताएका हुन । सरलले समाजिक सञ्जाल मार्फत नगर विकास काण्ड बारे संक्षिप्त आफ्नो धारणा अघि सार्दै विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखीनै वास्तविक गुरु योजना विपरित जग्गा बिक्रि बितरण हुँदै आएको बताएका छन । सरलले यस्तो लेखेका छन ।

‘कञ्चनपुरको महेन्द्रनगर नगरबिकास समिति (हाल भिमदत्त नगरबिकाश समिति) लाई २०३६ सालमा ६३८ बिघा ६ कट्टा १३ धुर जमिनको स्वामित्व हस्तान्तरण गरेको थियो । उक्त जमिन जुन प्रयोजनका लागि नगर विकासलाई स्वामित्व दिइएको थियो । सो अनुसार प्रयोग नभई विभिन्न बहाना र स्वार्थ अनुसार स्थापना कालदेखीनै वास्तविक गुरु योजना विपरित जग्गा बिक्रि बितरण हुँदै आएको देखिन्छ ।’ नगर विकास समितिहरुले गरेका अनियमितताको छानबिनको लागी पटकपटक आन्दोलनहरु हुँदै आइरहेका छन । अवैध बिक्री बितरण र भाडामा दिने लागायतका अनियमितताका विषयहरु पटकपटक उठ्ने गरेका र विभिन्न छानबिन समितिहरु समेत बनेका पाइन्छन तर हालसम्म नगरबिकास जग्गा घोटाला लगायतको छानबिन प्रक्रिया सप्पन्न हुन सकेको छैन ।

तेसैले यसको छानबिन एवं न्यायिक निरुपणका लागि विशेष छानबिन समिति गठन गर्न जरुरी छ । ‘जेठ ७ गते देखि उक्त बिषयलाई आन्दोलनको रूपमा अनशन बसिरहेका छन तर त्यस बिषयमा सरोकारवाला पक्ष र राजनीतिक दलहरु मौन छन यसले थप शंका उत्पन्न गरेको छ, त्यसकारण यसबिषयमा सरोकारवाला पक्ष अगाडि आएर अविलम्ब छानबिन प्रक्रिया सुरु गरिनुपर्छ ।’







