नेपाल शिक्षक संघ बेलडाँडीले गर्याे नव-नियुक्त ५ शिक्षकलाई स्वागत सहित सम्मान


रमेश प्रसाद भट्ट/ कञ्चनपुर: काँग्रेस निकट नेपाल शिक्षक संघ बेलडाँडीले शिक्षक सेवा आयोग पास गरी नियुक्त भएका ५ जना शिक्षकलाई स्वागत सहित सम्मान गरेकाे छ  । शुक्रबार बेलडाँडी गाउँपालिकाकाे सभा कक्षमा आयाेजित एक कार्यक्रमका माझ गाउँपालिकाका विभिन्न स्कुलमा नव-नियुक्त पाँच जना शिक्षकलाई स्वागत सहित प्रमाण र दाेसल्लाले सम्मान गरेकाे नेपाल शिक्षक संघ बेलडाँडी अध्यक्ष दिल बहादुर सिंहले जानकारी दिनु भयाे ।
नव-नियुक्त शिक्षकहरू बेलडाँडी गाउँपालका-२ शैलेश्वरी आधारभुत विध्यालयका प्रअ जनक बहादुर साउँद, वडा नम्बर-५ कालिका आधारभुत विध्यालयमा कार्यरत शिक्षक धर्मानन्द जाेशि, वडा नम्बर-१ सिंहपाल आधारभुतविध्यालयका शिक्षक तारा मिश्र,बिजेन्द्र सिंह धामि र राैलेश्वर माविका कुमारी निर्मला भट्टलाई स्वागत सहित सम्मान सहित सेवा सफलताकाे शुभकामना व्यक्त गर्दै प्रमाण पत्रले सम्मानित गरिएकाे शिक्षक संघका अध्यक्ष सिंहले बताउनु भयाे । उनले भने ” आयोगबाट सिफारिस भई नियुक्ति पाई शिक्षक सेवामा प्रवेश भएकाेमा कार्यकाल सफल हाेस भन्ने उदेश्यले पेसामा हाैसला प्रदान गर्न सम्मान गरिएकाे बताउनु भयाे ।”
शिक्षक संघ बेलडाँडी अध्यक्ष दिल बहादुर सिहकाे अध्यक्षतामा रहेकाे कार्यक्रमा बेलडाँडी गाउपालिका अध्यक्ष हरिश्चन्द्र रानाकाे प्रमुख आतिथि रहनु भएकाे थियाे । कार्यक्रममा विशिष्ट अतिथि नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश उप-महासचिव विष्णु सिह भण्डारी रहेका थिए ।

ताजा समाचार

spot_img