महिलाका क्षमता अभिबृद्धि तालिम शुरु


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकामा महिलाको क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकामा महिलाको क्षमता अभिबृद्धि तालिम शुरु भएको हो । आर्दश महिला समाज नेपालको आयोजना एव टेवा संस्थाको आर्थिक सहयोगमा ज्ञान निर्माण तथा सुचनाको हक सम्बन्धी महिलाका लागि अभिमुखिकरण तालिम संचालन गरिएको हो । भीमदत्त नगरका महिला जनप्रनिधी र सामुदायिक सुरक्षा जालो समितिका पदाधिकारी महिलाको क्षमता विस्तारका लागि तालिम संचालन गरिएको आयोजकले जनाएको छ ।

आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले संविधानमा व्यवस्था भएको महिलाको हक अधिकार कार्यान्वयनका लागि महिला र महिला जनप्रतिनिधीका लागि उक्त तालिम संचालन गरिएको बताए । अध्यक्ष नेगीले भीमदत्त नगरभरीकै सबै वडामा तालिम संचालन गरिनेछ । ‘हामीले सिप्ट सिप्टमा तालिम संचालन गछौँ, ‘अध्यक्ष नेगीले भनिन, ‘पहिलो चरण सकेपछि थप तालिम संचालन गछौँ ।’ कार्यक्तमका बिशिष्ठ अतिथि महाकाली अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द जोशी(बोक्सर)ले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयनमा जोडदिएका छन ।

कार्यक्तममा प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले महिलाको हक अधिकार क्षमता विस्तारका कार्यक्तम आगामी दिनमा समेत संचालनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिईन । तालिममा शिक्षक समेत रहेका प्रजापती नेगी, पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष विष्णूदत्त अवस्थी प्रशिक्षक रहेका छन । सामुदायिक सुरक्षा जालो कार्यक्रमकी संयोजक समेत रहेकी मञ्जु केसीले संचालन गरेको कार्यक्रममा आर्दश महिला समाज नेपालका सदस्य आनन्दी भट्टले शुभकामना मन्तव्य राखेकी थिईन ।


Loading Viewer...

ताजा समाचार

spot_img