अज्ञात समूहद्वारा वर्ल्डलिंक कम्यूनिकेशनको फाइबर नेटको तार काटिएको छ।


कञ्चनपुर : भीमदत्त नगरपालिका ६ ऐठपुरमा वर्ल्डलिंक कम्यूनिकेशन फाइबर नेटको तार अज्ञात समूहद्वारा काटिएको वर्ल्डलिंक कम्यूनिकेशन महेन्द्रनगर शाखाका प्रमुख मुकेश चौधरीले जानकारी दिएका छन्।
यसरी फाइबर नेटको तार काटेर सेवाग्राहीहरूलाई दुःख दिनु एकदम निन्दनीय काम रहेको उनको भनाइ रहेको छ। उनले भने ‘यसरी तार काटेर वर्ल्डलिंक फाइबर नेटका सेवाग्राहीलाई दुःख दिनु एकदम निन्दनीय कार्य हो।’ साथै उनले यस्ता समस्याहरु अझै आएमा उनको आफ्नै मोबाइल नम्बर ९८०१२४२३५० मा कल गर्न सेवाग्राहीहरूलाई आग्रह गरेका छन्।
उनले अझै यस्तो निन्दनीय कार्य गरेर सेवाग्राहीहरूलाई दुःख दियो भने सो कार्य गर्ने गराउने व्यक्ति पत्ता लागेमा कानुनी कारवाही गर्ने चेतावनी समेत दिएका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img