नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरकाे सल्लाहकारलाई सम्मान तथा  समन्वयात्मक  विषयक गाेष्ठी कार्यक्रम सम्पन्न


कञ्चनपुर : नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरकाे सल्लाहकारलाई सम्मान तथा समन्वयात्मक विषयक गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

पहिचान, पहुच प्रतिनिधित्व र समावेशीकरणकाे लागि आदिवासी जनजाति आन्दाेलन,जाति,भाषा, धर्म,संस्कृती संरक्षणकाे लागि देशव्यापी राष्ट्रिय जागरण भन्ने मुल नाराका साथ शुरू गरिएको कार्यक्रममा सल्लाहकारलाई मनाेनितका साथै पुर्व सल्लाहकारलाई दाेसल्ला ओढाएर सम्मान गरेकाे छ  । मनाेनित हुनेमा क्याप्टेन पदम थापा, नेत्र तामाङ कानुनी सल्लाहकार, ध्रुव कुमार कायस्थ, प्रेमवती राना र जगदीश चाैधरी रहेका छन् भने सम्मान पाउनेमा मुन्नी चाैधरी र ईश्वरी चाैधरी रहेका छन्।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठकाे सभापतित्वमा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका उप प्रमुख रामकुमारी राना रहनु भएकाे थियाे । स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति थापा तथा प्रगति प्रतिवेदन महासंघका मुख्य सचिव राेशन चाैधरीले गर्नु भएको थियाे भने कार्यक्रम सञ्चालन संघका काेषाध्क्ष सानू चाैधरी गर्नु भएकाे थियाे।


Loading Viewer...

ताजा समाचार

spot_img