कञ्चनपुर: आफ्नै नेपाली दाजुभाईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पुर्व गृहसचिव टेक नारायण पाण्डे, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, पुर्वमन्त्री टोप बहादुर राईमाझी सहितका शिर्ष नेता एव उच्च पदस्थ कर्मचारीमाथि छानबिन भईरहेको प्रकरणले चौतर्फि पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारको प्रंसंसा भईरहेको छ । अन्र्तराष्ट्रिय समुदाय सामु नेपालीको बेईजती भईरहेका बेला बेथिति, भ्रष्टाचार र ठगि बिरुद्धमा प्रचण्ड सरकारले छानबिन अघि बढाएसंगै अन्य क्षेत्रमा रहेका बेतिथि समेत छानबिनको माग उठिरहेको छ ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता सिके भट्टले निर्माणाधिन महाकाली पुलको पहुँच मार्गमा भएको रोयल्टी हिनामिना र गुणस्तरहिन कामको छानबिन कस्ले र कहिले गर्ने हो ?भन्दै प्रशन गरेका छन । माओवादी युवा नेता भट्टले समाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै ठेकदार आफैले म रोयल्टी तिर्न मन्जुर छु भन्दा पनि किन भिमदत्तनगर पालिका रोयल्टी लिन चाहान्न ? भीमदत्त नगरपालिका र ठेकेदारको अबैध मिलोमतो त छैन ? भन्दै प्रशन गरेका छन । पर्दा पछाडी बसेर ठेकेदार सङ्गको अबैध साटघाट र रोयल्टी हिनामिना गर्ने केहिथान भ्रस्टाचारिलाई स्थानीय प्रशासन र राज्यले कानुनी मुलधारमा कहिले ल्याउने हो भन्दै फेरी अर्को प्रशन गरेका छन । यिनै प्रस्न जिबन्तसम्म अनुत्तरित रहने हुन भने पक्कै पनि चुपलागेर बसिन्न । हेक्का रहोस अब दिनगन्ती सुरु गरे हुन्छ । समयमै सरोकारवाला निकायको ध्यान जावस र तुरुन्तै निस्पक्ष छानबिन समिति बनाएर एप्रोज सडकको गुणस्तर र रोयःटीको छानबिनका होस भन्दै माग अघि सारेका छन ।






