कञ्चनपुर: अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुरमा रक्तदान गरेको छ । सोमबार एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले कञ्चनपुर महेन्द्रनगरमा रक्तदान गरेको हो । राष्ट्रिय युवा संघ नेपालको ३४ औँ र अनेरास्ववियुको ५९औँ स्थापना दिवसको अवसर पारेर रक्तदान गरेको जनाएका छन ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सचिव प्रविन बोगटीले युवा र विद्यार्थी संगठनद्वयको स्थापना दिवसमा समाजिक काम गर्नका लागि रक्तदान गरेको बताए । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले अनेरास्ववियु र राष्ट्रिय युवा संघ कञ्चनपुरका २० जना नेता कार्यकर्ताले रक्तदान गरेको बताए । अनेरास्ववियु र राष्ट्रिय युवा संघले रक्तदान गरेसंगै कञ्चनपुरका रगत अभाव भएका बिरामीलाई सुविधा हुनेछ ।







