कञ्चनपुर : भीमदत्त नगरपालिका –१९, उल्टाखाम बागफाँटा स्थीत लक्ष्मी माध्यमिक विद्यालयमा यस शैक्षिक सत्र बाट विद्यार्थी बढे पछि विद्यालयमा कक्षा कोठा र शिक्षकको अभाव भएको छ । सरकारी (सामुदायिक) विद्यालयहरुमा अभिभावकहरुको आकर्षण घट्दो र बोडिङ्ग (संस्थागत) विद्यालयमा आकर्षण बढि रहेको बेला लक्ष्मी माध्यमिक विद्यालयमा ठिक विपरीत भएको छ ।

बोडिङ्ग विद्यालयबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गर्नेको घुईचो लागेको विद्यालयका प्रधानाध्यापक प्रमान्नद नाथ बताउछन् । ‘यस शैक्षिक सत्र बाट अग्रेजी र नेपाली माध्यमबाट पढाउन शुरु गरे पछि विद्यालयमा विद्यार्थीको चाप बढेको हो । विद्यार्थी बढ्ना साथ कक्षा कोठा र शिक्षक र सौचालयकोे अभाव भएको प्रधानाध्यापक नाथ बताउछन ।’ उक्त बिद्यालयमा २०७८ साल असोजमा प्रधानाध्यापक नाथ प्रधानाध्यापक भएर आउदा १७० जना विद्यार्थी रहेका थिए, २०७९ सालमा विद्यार्थी बढेर ३९४ पुगेका थिए भने यस सत्रमा ६०० विद्यार्थीले भर्ना गरेका छन् अहिले विद्यालयमा कक्षा कोठाको अभाव भए पछि लाईबे्ररी, स्टाफरुम, कम्प्युटर कक्षा कोठा र विज्ञान प्रयोगशालामा कक्षा सञ्चालन गर्नु परेको प्रधानाध्यापक नाथले बताए । कक्षा कोठा अभाव भए पछि प्रयोगशालामा पढाउदा जोखिम पनि उत्तिकै रहेको छ । त्यसै गरी विद्यालयमा सामाजिक बिषयको शिक्षकको अभाव पनि रहेको छ । शिक्षकको अभाव रहेको बेला सामाजिक विषय पाढउदै आएकी शिक्षिका पार्वती विष्ट कुनै जानकारी बिना हाल सम्म पनि विद्यालय नआएको प्रधानाध्यापक नाथले बताए । भीनपा २ का स्थानिय शिक्षाप्रेमी कविराज तिवारीले विद्यालयमा शिक्षिका नआएपछि शिक्षिका हराएको सूचना समेत सामाजिक सञ्जालमा ब्यङ्गग्यात्मक रुपमा पोष्ट गरेका छन् ।

अहिले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुन लागे पछि धेरै जसो विद्यालयले अंग्रेजी माध्यममा अध्यापन शुरु गरेका छन् । जसले गर्दा त्यस क्षेत्रमा रहेका केही बोडिङ्ग विद्यालय बन्द हुन गएका छन् भने केही बोडिङ्ग विद्यालय बन्द हुने अवस्थामा रहेका छन् । प्रधानाध्यापक नाथले अभिभावकले गरेको विश्वासलाई कायम राख्न शैक्षिक गुणस्तरमा सुधार गर्न कुनै कसर बाकी नराख्ने बताए ।







