कञ्चनपुर : विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरले संविधानको प्रावधान विरुद्ध गएर चर्को शुल्क लिएको भन्दै एक विद्यालयमा तालाबन्दी गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा न १८ स्थित महेन्द्रनगर मावि ( साधारण ) मा तालाबन्दी गरेको संगठनका संयोजक अनिल सी ले बताए ।

संगठनले विद्यालय संग तीनबुँदे माग राख्दै मंगलबार तालाबन्दी गरेको हो । साथै यो विषयमा सो विद्यालयका प्रधानाध्यापक ललित सिंह साउदले तालाबन्दी भएको कुरा मैले पनि सुनेको तर आफू चाहिँ एउटा बैठकमा बाहिर रहेको बताए । प्रधानाध्यापक साउदले भने ,“ म बाहिर बैठकमा छु विद्यालयमा तालाबन्दी भएको कुरा थाहा पाए तर बाहिर भएका कारण बाँकी जानकारी छैन ।”

संगठनले तालाबन्दी गर्नुको कारण निम्न कारण उल्लेख गरेको छ :

नेपालको संविधान अनुसार शिक्षा माध्यामिक तहसम्म निःशुल्क भनेको छ तर साधारण माविले खुलेयाम शुल्क लिइरहेको उक्त शुल्क खारेज गर्नुपर्ने माग सहित ताला लगाएको संगठनका संयोजक अनिल सी, ले भने ।
१. नेपालको संविधान २०७२ को कानुनी प्रावधान अनुसार सामुदायिक तथा सरकारी विद्यालयको कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्ने ठाउँमा कानुन विपरित चर्को शुल्क असुल्ने गरेकोले ।
२. सरकाले निःशुल्क उपलब्ध गराउने पाठ्यपुस्तक अंग्रेजी माध्यमका नाममा निजि पब्लिकेशनका पाठ्यपुस्तक चर्को मूल्यमा विद्यार्थीलाई खरिद गर्न बाध्य बनाएकोले ।
३. पटक पटक विद्यालय प्रशासनलाई अनुरोध गर्दा पनि अटेर गर्ने गरेकोले ।






