कञ्चनपुर : कञ्चनपुरको रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाले रक्तदान गरेको छ । भीमदत्त नगरपालिका १६मझगाँउमा रहेको रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाले रक्तदान गरेको हो । रत्न कृषि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दशरथ धानुकले सहकारीद्वारा आयोजित तथा रेडक्रस सोसाईटी, लाईफकेयर प्याथोलोजी, पुचौँडी समाज, हेल्पिङ्ग गुफ्रसंगको सहकार्यमा रक्तदान गरिएको बताए ।

अध्यक्ष धानुकले समाजिक कार्यका लागि रक्तदान गरिएको बताए । रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दशरथ धानुकको सभापतित्वमा, जिल्ला समन्वय समिति सदस्य मोहन महताको प्रमुख आतिथ्य एव भीमदत्त नगरपालिका १६का वडाध्यक्ष केशव विष्ट, भीनपा १५ वडाध्यक्ष भुवन राज भट्ट, १७का वडाध्यक्ष पदम बुढा, १३का वडाध्यक्ष रामचन्द्र बोहरा, भीनपा १५का वडा सदस्य हरि प्रशाद भट्ट, समाजसेवी दिपेन्द्र बिष्ट, महिला अधिकारकर्मी माया नेगी, सिद्धनाथ मावि, बडैपुर व्यवस्थापन समिति अध्यक्ष महेश भट्ट सहितको उपस्थितिमा रक्तदान गरिएको छ ।







