वेदकोट नगरपालिकामा ७ दिने बाख्रा पालन तालिम सम्पन्न


कञ्चनपुर: वेदकोट नगरपालिकामा ७ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । वेदकोट नगरपालिकाको महिला बालबालिका जेष्ठ नागरिक शाखाको आयोजना रहेको तालिम बैशाख १२ गतेदेखी संचालनमा आएको हो । सीप तथा व्यवसायिकता विकास अन्तर्गत बाख्रा पालन तालिमको आयोजना गरिएको तालिमका प्रशिक्षक एवम वेदकोट नगरपालिका पशु शाखा प्रमुख तर्कराज भट्टले जानकारी दिएका छन् ।१० नम्वर वडाका २० जना महिलाहरुलाई व्यावसायिक रुपमा बाख्रा पालन गर्नका लागि उक्त तालिम दिएको र थप ३ हजार रुपैँया वस्तुगत टेवा रकम भन्दै सहयोग पनि गरिएको उनले बताए । उक्त रकममा केही रकम थप गरेर बाख्रा पालन सुरुवात गर्न सकियोस भनेर उक्त रकम सहयोग गरिएको पशु शाखा प्रमुख भट्टले बताए । पहिले पनि बाख्रा पालन गर्दै आएको भएपनि यो तालिमबाट थप सिप ज्ञानहरु पाएको सहभागीहरुले बताएका छन् ।बाख्रा पालन गर्ने तरिका चारो रोग लागेपछि उपचार बिधी सबै जानकारी पाएपछि अब थप बाख्रा खरिद गरी व्यावसायिक हिशावले बाख्रा पालन गर्न हौसला मिलेको सहभागीहरुको भनाई रहेको छ ।

उक्त तालिममा बाख्राहरुलाई लाग्ने रोग त्यसको उपचार, चारा व्यवस्थापन तथा प्रयोग लगायतको विषयमा तालिम प्रदान गरिएको थियो । उक्त तालिमका सभापती एवम वडा नम्वर १० अध्यक्ष रतनबहादुर विष्टले यो तालिममा सिकेको कुराहरुलाई सिपलाई आफनो व्यवहारमा पनि लागु गरी आर्थिक रुपमा अगाढी बढनु पर्ने बताए ।सानो पूँजीबाट नै व्यापार व्यवसाय संचालन गरी पछि व्यवसायलाई बढाउनु पर्ने बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले यो आर्थिक सहयोग सानो रकम भएपनि त्यसै रकमबाट पनि आफनो बाख्रा पाल्ने ईच्छालाई अगाढी बढाउन मद्धत पुग्ने बताईन् । सानो सानो रकमले आफनो व्यवसायमा लगानी गर्याे भने पछि गएर उक्त व्यवसाय बढने आत्म निर्भर भई आफनो परिवारलाई पनि आर्थिक सहयोग पुग्ने बताईन् ।साथै यो तालिमबाट सिकेका सिपलाई आफनो व्यवहारमा प्रयोग गरी सबै महिलाहरु एकिकृत भएर आफनो क्षेत्रमा व्यवसाय संचालन गर्न सके पनि राम्रो आम्दानी हुने कार्यवाहक नगर प्रमुख जोशीको भनाई रहेको थियो । उक्त कार्यक्रमको अतिथीमा कार्यपालिका सदस्य पार्वती विष्ट रहेकी थिईन् ।


Loading Viewer...

ताजा समाचार

spot_img