कञ्चनपुर : नेपाली काँग्रेसका नेता एव कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट निर्वाचित प्रतिनिधी सभा सदस्य रमेश लेखकले चुनावका बेला कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार अन्र्तरगत सुख्खा बन्दरगाहलाई महाकाली कोरिडोरसंगै जोड्ने प्रदेशकै विकास गर्नुपर्ने एजेण्डा कार्यान्वयनमा आएको बताए ।
सोमबार प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा काँग्रेस संसदीय दलका मुख्य सचेतक लेखकले ला कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार अन्र्तरगत सुख्खा बन्दरगाहलाई महाकाली कोरिडोरसंगै जोड्ने प्रदेशकै विकास गर्नुपर्ने एजेण्डा कार्यान्वयनमा आएको बताएका हुन ।

‘सुख्खा बन्दरगाह भारतले बनाईदिने सम्झौता भयो, ‘उनले भने, ‘अब प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा सो विषय उठान हुन्छ ।’ दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, ब्रम्हदेबमा महाकाली कोरिडोरको ट्याक खोल्ने कामसंगै उत्तरमा चीन र दक्षिणमा भारतसंग नाका विस्तारमा सहजता हुने उनको भनाई छ । ‘अहिले कञ्चनपुर खण्डमा ट्याक खोल्ने काम भएको छ, ‘उनले भने, ‘सडकमा पर्ने रुखदेखि अन्य संरचना हटाउने काम भईरहेको छ ।’ आफैले स्थलगत अनुगमन गरेर समयमै काम अघि बढाउन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको लेखकले बताए । लेखकले मझगाँउ विमानस्थलको काम समेत अघि बढाउने गरि पहल भईरहेको बताए । पुर्व भौतिकमन्त्री समेत रहेका लेखकले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको दीगो विकास र सम्बृद्धिका लागि राजनीतिक विचार भन्दा माथि उठेर अघि बढ्नुपर्ने बताए ।

काँग्रेसका नेता एव संसदीय दलका मुख्य सचेतक लेखकले संघीय र प्रदेश सरकारले चाँडै पुर्णता पाउने बताउनुभएको छ ।
पार्टीको भित्रको आन्तरिक असन्तुष्टी समाधान गरिने बताउँदै सचेतक लेखकले सत्ता गठबन्धन दलका शिर्ष नेताविच सुप प्रदेश सरकार र संघीय सरकारलाई पुर्णता दिने विषयमा सहमती भएको बताए । ‘स्थायित्वका लागि प्रधानमन्त्री ज्यूले नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारका सहभागि गराउन पहल गर्नुभएको छ, , ‘उनले भने, ‘त्यसका लागि सम्बन्धीत दलले समेत सोच्नुपर्छ ।’ लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी संविधानको पक्षधर भएकाले उप निर्वाचन परिमाणबाट प्रष्ट भएको बताए ।

‘रवि वर्तमान संविधानको पक्षधर भएको उप निर्वाच्नले देखाईदियो, ‘लेखकले भने, ‘जनताको मतदिनुले पनि जनता संविधान, संघीयता, लोकतान्त्रिक गणतन्त्रकै पक्षधर देखिएका छन ।’ राजावादी र रविविच थुप्रै फरक भएको बताउँदै लेखकले राजावादी समुहले सकृयता देखाउँदैमा केही नहुने बताए । अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गरेर मुलुकलाई सम्बृद्धिको बाटो तर्फ उन्मुख गराउन काँग्रेसले भूमिका निर्वाह गरिरहेको बताए । प्रेस यूनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रेस यूनियनका जिल्ला सदस्य रमेश भट्टले गरेका थिए ।






