दार्चुला समाज दोधाराचाँदनी नगरको अध्यक्षमा रावल


कञ्चनपुर: दार्चुला समाज दोधाराचाँदनी नगरको अध्यक्षमा गणेश सिह रावल चयन भएका छन । दार्चुला समाज दोधाराचाँदनी नगर भेलाबाट अध्यक्ष रावल चयन भएका हुन । दार्चुला समाज कञ्चनपुरका उपाध्यक्ष भवानी प्रशाद पन्तले शनिबार सम्पन्न भएको दार्चुला समाज दोधाराचाँदनी नगरको भेलाबाट अध्यक्षमा रावल सहितका पदाधिकारी सदस्य सर्वसम्मत चयन गरिएको बताए ।

उपाध्यक्ष नारायण दत्त जोशी, सचिव प्रकास साउद, कोषाध्यक्ष मथुरा पन्त, सदस्य सिहराज ओझा, हरीराज विष्ट, धर्मराज जोशी, गोबिन्द सिह धामी, बिरसिह ठगुन्ना, बासुदेव विष्ट, कमला साउद, विशाल विष्ट, ईन्द्र सिह कार्की रहेका छन । समाजसेवी पुष्कर जोशी, खडक सिह साउद, रघुबिर सिह साउद, धिरक सिह खत्री, राजेन्द्र सिह साउद सल्लाहकार रहेका छन ।

भेलामा दार्चुला समाज कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउद, उपाध्यक्ष भवानी प्रशाद पन्त, सचिव निरन्जन प्रशाद विष्ट, सदस्य जानकी जोशी, कृष्ण साउद सहितको उपस्थिति रहेको थियो । दार्चुला समाज कञ्चनपुरका अध्यक्ष भीम बहादुर साउदले पालिका स्तरमा समेत समाज गठन अन्र्तरगत दोधाराचाँदनी नगरपालिका सहितका अन्य पालिकामा समेत गठन गरिने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img