लक्ष्मी माध्यामिक विद्यालयमा भर्ना अभियान सुरु


कञ्चनपुर – जिल्लाको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयले विद्यार्थी भर्ना अभियान सुरु थालेको छ। अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पठनपाठन गर्ने उद्देश्यले विद्यालयले भर्ना अभियान सुरु गरेको लक्ष्मी मावि खैरभट्टीका प्रधानाध्यापक प्रकाश चन्दले बताए।

उनका अनुसार नयाँ वर्ष २०८० बाट नर्सरी देखि कक्षा ३ (तीन) तथा कक्षा ६ र कक्षा ९ मा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पठनपाठन हुने भएको हो। अभिभावकले आफ्ना सन्तान बोडिङ्ग स्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा समेत भर्ना गराइरहेका समेत उनले बताए। उनका अनुसार आज वैशाख १२ गते मंगलबार मात्रै नर्सरी देखि कक्षा ३ सम्मका ३२ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन्।

प्रधानाध्यापक प्रधानाध्यापक चन्द तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरेन्द्र सिंह साउदले विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराउन अभिभावकहरूलाई आह्वान समेत गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img