खेलकुद समिति कञ्चनपुरमा तालाबन्दी


कञ्चनपुर : जापान कराँते डो.कोसीकाई सिरोरिया संघ नेपालले कञ्चनपुर कर्बडहलमा तालाबन्दी गरेको छ । मंगलबार जापान कराँते डो.कोसीकाई सिरोरिया संघ नेपालले कर्बडहलमा तालाबन्दी गरेको हो । बबर्डहलमा जिल्ला संघको अफिस कोठा उपलब्ध गराउनुपर्ने माग अघि सारेर जापान कराँते डो.कोसीकाई सिरोरिया संघ नेपाल कराँते जिल्ला संघ कञ्चनपुरले जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपाल भट्टको कार्यकक्षमा तालाबन्दी गरेको जनाएको छ ।

जापान कराँते डो.कोसीकाई सिरोरिया संघ नेपाल कराँते जिल्ला संघ कञ्चनपुरका अध्यक्ष दिपेन्द्र विष्टद्वारा हस्ताक्षरित गरिएको प्रेस नोटमा संघको अफिस प्रयोजनका लागि पटक पटक कोठा माग्दा समेत वेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गरिएको जनाएको छ । कोठाका लागि २४ घण्टे अल्टिमेटम दिदा समेत कुनै वास्ता नगरेपछि बाध्य भएर अनिश्चितकालका लागि तालाबन्दी गरिएको जनाएको छ । कार्यकक्षमा तालाबन्दी भएपछि कार्यालय प्रमुख गोपाल भट्ट सहितका कर्मचारी अर्को कोठामा बसेका छन ।

तालबन्दीका कारण दैनिक प्रशासनिक कामकाज प्रभावित हुने भएको छ । जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपाल भट्टले कोठा नै नभएको अवस्थामा दिन समस्या भएको बताए । उनका अनुसार अन्य विधाका खेलकुद समेत कोठा बिनै संचालनमा रहेको बताए । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर खडकाले तालाबन्दीको विषयमा सम्बन्धीत पक्षसंग छलफल गरेर अघि बढ्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img