कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियानमा बोल्ड निर्णय गरेको छ । बेदकोट नगरपालिका १ हात्तीथलामा रहेको सिद्धनाथ आधारभूत विद्यालयले विद्यार्थी भर्ना अभियान बोल्ड निर्णय गरेको हो । सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्न, गुणस्तर बृद्धिका लागि विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्य, शिक्षक अभिभावक संघका सदस्यका सन्तानलाई अनिवार्य भर्ना गर्न निर्णय गरिएको बताए ।
अध्यक्ष धामीले वडामा रहेका अन्य सरकारी कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधी सहित सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई पनि सामुदायिक विद्यालयमा भर्नाका आब्हान गरिएको बताए । ‘विद्यालय बनाउने भन्दै आफुहरु सो विद्यालयमा अध्यक्ष, सदस्य हुन्छौँ, ‘उनले भने, ‘जबकी हामी र कार्यरत शिक्षक कर्मचारीले आफ्ना सन्तान अन्य विद्यालय एव बोडिङ्गमा पढाउँछौँ, त्यसरी सामुायिक विद्यालय त्यसरी कहाँबाट बन्छ ।’ विद्यालय सुधारका लागि आफैबाट शुरुवात गर्नुपर्ने उनको भनाईछ ।
उक्त निर्णयसंगै सामुदायिक विद्यालयमा शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीमा सन्तान भर्ना गराउने अभियान जारी रहेको अध्यक्ष धामीले बताए । समाज सुधारका लागि अरुमाथि दोषारोपण, आरोप, प्रशन, आदेश भन्दा आफैले आफैमाथि प्रशन, व्यवहारमा उतार्नुपर्ने अध्यक्ष धामीको भनाई छ ।






