महेन्द्रनगर : बेदकोट नगरपालिका वडा नम्वर १ हात्तीथलामा एक बाख्रा पालक किसानको खोरमा आगलागी भएको छ । पालिकालको वडा नम्वर १ हात्तीथलामा आज दिउँसो आगलागी हुँदा ८ वटा बाख्रा जलेर नष्ट भएका छन् । स्थानिय बाख्रा पालक किसान विकास बोहराले पालेको बाख्रा फार्ममा आगलागी भएको हो । घर भन्दा टाढा २०० मिटरको दुरीमा बाँसको झारीमा लागेको आगलगीबाट खोरमा आगो लागेको उनले बताए ।
आगलागीबाट ८ वटा ठुला बाख्रा २ वटा ब्याउने बाख्रा पनि जलेर मरेको उनले बताए । आगलागीबाट अन्दाजी ४ लाखसम्मको क्षती भएको बाख्रापालक किसान बोहराले बताए । बाख्राको खोरमा माथी पराल हालेको भएर आगलागी छिटै भएको उनले बताए । वेदकोट नगरपालिकाका पशु सेवा शाखा प्रमुख भेटेरनरी अधिकृत तर्कराज भट्टले आगलागी भएको थाहा पाउना साथ औषधी लगायत अन्य सामग्रंी लगेर घटनास्थलमा पुगेर अन्य घाईते भएका बाख्रा विजाड ठुलो बोकालाई उपचार गरेको बताए । आफनै खर्चमा अहिले आगोबाट पोलिएका बाख्रालाई औषधी उपचार गरेको उनले बताए ।






