धनगढीका १७ विद्यालयको रिजल्ट सुन्य आँउनुमा सरकार विद्यालयका शिक्षाको लार्पर्बाही : क्रान्तिकारी


कञ्चनपुर : अखिल क्रान्तिकारीले कैलालीको धनगढी उपमहानगरपालिकाका १७ विद्यालयको रिजल्ट सुन्य आउनुमा सरकार र सम्बन्धीत विद्यालयको लार्पबाही भएको जनाएको छ । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले कग्ाँ ८को परीक्षामा धनगढी उपमहानगरपालिकाका १७ विद्यालयको रिजल्ट सुन्य आउनुमा सरकार र सम्बन्धीत विद्यालयको लार्पबाही भएको जनाएको छ ।

बिहीबार अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले जारी गरेको विज्ञप्तीमा धनगढी उपमहानगरपालिका भित्रका १७ वटा विद्यालयका कक्षा ८ को नतिजाफल शुन्य आएको बिषय प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थीको भबिष्य बर्बाद भएको छ, राज्य बेखबर भएको छ, विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘ भने पुँजीवादी तथा सम्राज्यवादी राष्ट्रहरु हाम्रो मुलुकको शैक्षिक स्तर गिराइ दिएर शक्तिशाली मिसाइल प्रहार गरे जस्तो सम्झेका छन ।’ राजनैतिक भागबन्डाका आधारमा अध्यक्ष देखि शिक्षक भर्ती गरिनु, एकद्वार र समान शिक्षा प्रणाली नहुनु, शिक्षकहरुको अभाव हुनु, सम्बन्धित बिषय शिक्षक नहुनु, पाठ्यपुस्तक समयमा नपुग्नु, निरन्तर मुल्यांकन प्रणाली, रचनात्मक शिक्षण बिधि नहुनु र शिक्षा संग सम्बन्धित निकाय, सरकार र सम्बन्धित विद्यालयहरुका शिक्षकको चरम लापरबाहीले आज यो लज्जास्पद नतिजा देखिन आएको ठहर गरेको छ ।

अखिल क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा सम्बन्धित विद्यालयका विद्यार्थीको आन्दोलनलाई पुर्ण ऐक्यबद्धता जनाउँदै ती विद्यार्थीहरुको भबिष्यको जिम्मेवारी र यो समस्याको निकास सम्बन्धित सबै निकायहरुले लिन हाम्रो संगठन संगठन जोडदार माग गर्दै समस्याको समाधान यथाशीघ्र नगरे आन्दोलन चेतवानी दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img