सीमान्त साहित्य उत्सवमा नेपाली साहित्यकारको सहभागिता


कञ्चनपुर : मोडर्न युटोपियन सोसाईटी खटिमा ,उत्तराखण्डद्दारा आयोजित छैटौं सीमान्त साहित्य उत्सवमा नेपाली साहित्यकारहरु सहभागी भएका छन । वि.स.२०८० वैशाख ३ गते अर्थात १६ अप्रिल २०२३ मा खटिमा कञ्जबाग स्थित श्री एकलव्य मोडल आवासीय विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो । मोडर्न युटोपियन सोसाईटीका अध्यक्ष डा.चन्द्र शेखर जोशी तथा सचिव पुरन विष्टको विशेष तत्वावधानमा भएको कार्यक्रममा मुख्य सञ्चालकको भुमिकामा प्रोफेसर डा.प्रशान्त जोशी रहनु भएको थियो ।

औपचारिक आसन ग्रहण बिनाको कार्यक्रमको सुरुवात २ जना विद्यार्थीद्दारा सरस्वती माताको तस्बिरमा दिप प्रज्वलन गरी भएको थियो । सो पश्चात गणेश स्तुतीमा एकल नृत्य प्रस्तुत गरिएको थियो । सो पश्चात विद्यार्थीहरुले आफै हार्मोनियम बजाई समुहमा स्वागत गीद गाएर सबै उपस्थित महानुभावको स्वागत गरिएको थियो । तत्पश्चात कार्यक्रको विषय संस्था परिचयबारे सचिव पुरन सिंह विष्टले प्रकाश पार्नु भएको थियो । तत् पश्चात नेपाल भारत मैत्री सत्र अन्तर्गत नेपाली साहित्य, संस्कृती, राजनीतिका विविध पक्ष सम्बन्धी सहभागी विद्यार्थी तथा अन्य व्यक्तिको जिज्ञासाको समाधान महाकाली साहित्य संगमका केन्द्रीय अध्यक्ष हरीश प्रसाद जोशी ,महासचिव भवानी चन्द,उपाध्यक्षसरिता पन्थी,पुर्व उपाध्यक्ष मधु हमाल ,केन्द्रिय सदस्य अमित प्रसाद भट्ट तथा संगीतज्ञ विष्णु दत्त बडुले गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष चिनाराम नेपाली ,केन्द्रिय सदस्य गौरी प्रसाद जोशी,सिता पुजारा, तथा साहित्यानुरागी पदम राज भट्टले आफ्नो सांगितीक तथा अन्य प्रस्तुत राखेका थिए । तत् पश्चात नवाचार तथा नवोन्वेष सम्बन्धी सत्रमा विद्यार्थीका विभिन्न जिज्ञासा समाधान तथा जानकारी प्रस्तुती डा अपर्णा लगायतले गर्नु भएको थियो ।

तत् पश्चातको सत्रमा पद्म श्री विभुषित पुरातत्ववेत्ता डा.यशोधर मठपालले ब्रह्माण्डका विविध विषय र लोक जीवनमा गीताको महत्व सम्बन्धमा परिचर्चा संगै जिज्ञासुका जिज्ञासा समाधान गर्नु भएको थियो ।डा.मठपालले हिन्दी साहित्यमा योगदान गरेवाफत डा.राज सक्सेनालाई सम्मानित गर्नु भएको थियो । तत् पश्चातको सत्रमा नक्षत्र पाण्डेय र हेमा जोशी(परु)ले सहजीकरण गर्नु भएको थियो भने ‘नदी न लौटी’ र एक अर्को गरी २ कृती विमोचन र विज्ञान सम्बद्द विषयमा चर्चा गरिएको थियो । तत् पश्चात विभिन्न साहित्यकारको समुहले साहित्यका विभिन्न विषयमा परिचर्चा गर्नु भएको थियो । तत् पश्चात छोटो अवधिको मध्यान्तर पछि संगीत श्रंखला सञ्चालन भएको थियो । थारु हंश सेवा समिति रतनपुर ,नेपाली साहित्यकारको भडा, गीद, विद्यार्थीको प्रस्तुीसंगै अध्यक्षीय सम्बोधन पश्चात कार्यक्रम समपन्न भएको थियो ।

कार्यक्रममा विभिन्न विधाका पुस्तक प्रदर्शनी तथा हस्त निर्मित सामग्री प्रदर्शन गरिएको थियो । विद्यार्थी भनेका भोलिका कर्णधार,राष्टका वाहक हुन भन्ने सिद्दान्तलाई हृदयगंम गरी कार्यक्रममा विद्यालय उमेरका विद्यार्थीहरुको उल्लेखिय सहभागिता गराइएको थियो । तत् कार्यक्रममा नानकमत्ता, बनबासालगायतका विभिन्न ठाउंका विद्यालयका विद्यार्थीको उपस्थिीती रहको व्यहोरा सोसाईटीका अध्यक्ष डा.चन्द्र शेरख जोशीलाई उद्दृत गर्दै संगम केन्द्रीय सदस्य अमित प्रसाद भट्टले बताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img