कञ्चनपुरमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु


कञ्चनपुर: कञ्चनपुरमा थप एक जनाको कोरोना सङ्क्रमीतको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका १८ की ७३ वर्षीय वृद्धाको ज्यान गएको जनाईएको छ । आईतवार बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयानन्द पन्तले जानकारी दिएका छन् । ती वृद्धामा चैत्र २६ गते कोभिड पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख पन्तका अनुसार चैत्र २४ गते कैलालीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको बताए । उनी वगत लामो समयदेखी मुटु रोगबाट ग्रसित थिईन् । चैत्र २६ गते पिसिआर परिक्षण गरिएको र चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो । २६ गतेदेखी सघन कक्षमा राखेर उनको उपचार भईररहेको थियो । कञ्चनपुरमा आईतवार गड्डाचौकी सिमानाकामा गरिएको पिसिआर परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ सय ७ जनामा गरिएको पिसिआर परिक्षणमा जिल्ला बाहीरका २ जनामा कोरोना पोजेटिभ देखिएको हो । जिल्लामा अहिले पनि ६ जना सक्रिय संक्रमित रहेका छन् । शुक्लाफाँटा नगरपालिकामा ४ जना र भीमदत्त र कृष्णपुरमा १ जनामा कोरोना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म ४ लाख ४५ हजार जनाले पहिलो मात्रा खोप लगाएका छन् भने, ३ लाख ६४ हजारले दोस्रो मात्रा लगाएका छन् यसैगरी तेस्रो मात्रा खोप लगाउनेको संख्या २ लाख १६ हजर ६ सय जनाले खोपको मात्रा लगाएका छन् । कञ्चनपुरमा कोरोना भाइरसको समस्या देखिए यता हालसम्म ७ हजार भन्दा बढीलाई कोरोना पोजेटिभ रहेका छन् भने, २ सय १२ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै सुदूरपश्चिममा छ लाख ४२ हजार नौँ सय ८५ को नमुना परीक्षण भइसकेको छ । नेपालमा अहिले सम्म १० लाख भन्दा बढी पोजेटिभ १२ हजार भन्दा बढीको मृत्यु, भईसकेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img