महेन्द्रनगर – बैतडीको पुर्चौडी नगरपालिका वडा नंम्बर १ स्थीत हाट त्रिबेणीधामलाई व्यासाचार्य खेमराज ओझाद्धारा तिर्थ घोषणा गरिएको छ । तिर्थ घोषणाका लागि स्थापना गरिएको कोटीहोमको पनि शनिबार समापन गरिएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी र विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डा रामचन्द्र अधिकारीले संयुक्तरुपमा त्रिबेणी धाम तिर्थ घोषणा कार्यक्रमको समुद्धघाटन गरेका थिए ।

महाकुम्भको २०७९ चैत्र १० गते कोटीहोमको स्थापना गरिएको थियो । उक्त कुम्भ मेलामा पाच वटा पुराणहरुको बाचन गरिएको नेपालका व्यसाचार्य ओझाले बताए । व्यासाचार्य ओझाका अनुसार राताशिला त्रिबेणीधाम तिर्थ घोषणाकै दिन चार घाटका पनि घोषणा गरिएको छ । जसमा तुलसीघाट, नटवर घाट, गौराघाट र हरीहरघाट रहेका छन् । तिर्थका लागि दुई जना पुरोहित अवस्थी र जोशी घोषणा गरिएको व्यासाचार्य ओझाले बताए । तिर्थ घोषणाको क्रममा ४ सय कन्या पुजा, तिर्थको लगनकुण्डली प्रकाशन, १६ लाख बत्ति जलाईएको , बौद्धिक सनातन धर्म समिति गठन, बैद्धिकसनातन धर्म महिला समिति गठन, राताशिला त्रिबेणीधाम समसान संरक्षण सम्ब्रद्धन समिति गठन, १०८ गाईको दुघ घाटमा बगाईएको, कोटीहोमका लागि ३०७ महिलाहरुले आ–आफ्नो घरबाट खिर पकाएर लिएको र ३३ फिट उचाई ४० फिट मोटाई रहेको महादेवको स्तम्भको शिलान्यासलगायतका क्रियाकलाप गरिएको व्यासाचार्य ओझाले बताए । बैतडीको लोली, बाजा र कुन्जली नदीको संगमस्थललाई नै त्रिबेणी धाम भनिन्छ ।







