युवाले चप्पलभित्र लुकाएर ल्याए खैरो हेरोइन, टिल्ला नम्बर ४ मा बेचिन्छ खुलेआम


दाेधारा : सशस्त्र प्रहरीले बेलौरीबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको भुडास्थित बिओपीबाट सशस्त्र प्रहरी हवल्दार लक्ष्मणदत्त जोशीको कमाण्डमा खटिएको टोलीले बेलौरी नगरपालिका–१० भुडागौडीबाट करिब तीन ग्राम खैरो हेरोइनसहित भीमदत्त नगरपालिका–३ बिचपुरीका दुई जना युवालाई पक्राउ गरेको हो।

बिचपुरी बस्ने २३ वर्षीय करन डगौरा र सोही ठाउँका २४ वर्षीय अजय चौधरीलाई खैरो हेरोइन र सु प प्र ०२–००३ प ४२४७ नम्बरको टु ट्वान्टी पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीहरुले बेलौरी नगरपालिका–१० भुडागौडीसँग सीमा जोडिएको भारतीय गाउँ टिल्ला नम्बर ४ बाट लागूऔषध खरिद गरी ल्याएको खुलेको छ।

पक्राउ परेका करन डगौराले चप्पलभित्र लुकाएर खैरो हेरोइन ल्याएको सशस्त्र प्रहरीले जनाएको छ। दक्षिणी सीमासँग जोडिएको भारतीय बजार टाटरगञ्ज, कम्बोजनगर, टिल्ला नम्बर ४, खजुरिया, सम्पूर्णानगर बजारमा खुलेआम लागूऔषध बिक्री हुने गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img