कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकीमा प्रथम मेयर कप डे–नाईट टि १० क्रिकेट प्रतियोगिता हुने भएको छ । सोमबारदेखि भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा प्रथम मेयर कप डे–नाईट टि १० क्र्रिकेट प्रतियोगिता हुने भएको हो ।सोमबार साँझ ६ बजेतिर एक कार्यक्तमका विच प्रतियोगिताको उद्घाटन हुनेछ । भीमदत्त नगरपालिका ११ नम्बर वडाको आयोजनामा सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङ्गणमा क्र्रिकेट प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।

तयारी अन्तिम चरणमा पुगेको बताउँदै भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले ग्रामिण क्षेत्रमा क्र्रिकेटको बृद्धि विकास एव युवाहरुलाई खेलप्रति आकर्षित गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष थापाले निर्वाचनका बेला जनतासग खेलकुद क्षेत्रको विकासका लागि बोलेको प्रतिबद्धता अनुरुप पहिलो पटक डेनाईट क्र्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष थापाले हालसम्म १९टिम दर्ता भएको बताए । प्रतियोगिताको विजेता टिमलाई नगद १लाख, ११ हजार १११ र उपविजेता टिमलाई नगद ५५ हजार, ५सय ५५रुपैँया सहित प्रमाण पत्र ट्रफि प्रदान गरिने छ ।

उत्कृष्ठ खेलाडीलाई अन्य विभिन्न आकर्षक पुरस्कार समेत वितरण गरिने छ । सिद्धनाथ अमर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव क्र्रिकेटप्रेमी अशोक पाण्डेले पहिलो पटक हुन लागेको डे नाईट क्रिकेट प्रतियोगिताबाट भीमदत्त नगरकै खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने बताए । प्रतियोगिताका निर्णायक गणेश आग्रीले निश्चित समयमा प्रतियोगिता खेलाईने भएका छन । गाँउकै ठुलो धनराशीको क्र्रिकेट प्रतियोगिता हुन थालेपछि खेलाडी युवा उत्साहित भएका छन ।







