लघुवित्तका ऋणी आन्दोलनमा

आन्दोलनकारीको माग लघुवित्तको ब्याजदर घट्नु पर्ने र लघुवित्तले दिने यातना रोक्नु पर्नेमा जोड


कञ्चनपुर : ऋण मिनाहको माग अघि सारेर लघुवित्तका ऋणीहरु आन्दोलनमा उत्रिएका छन । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिको अगुवाईमा जिल्ला प्रशासन कार्यालयको मुल गेटमा चैत्र २१ गतेदेखि ३० गतेसम्म कञ्चनपुरका ऋणीहरु धर्नामा बस्ने लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिका सुदूरपश्चिम उपाध्यक्ष सुखमाया मोक्तानले बताईन । गाँउ–गाँउमा गई बिभिन्न सहकारी, लघुबित्तहरुले महिलाहरुलाई ललाई फकाई बिना धितो नागरिकताको फोटोकपीको आधारमा ऋण दिने केही समय ढिलो भयो भने घरखेत बेचेर देउ, आफनो ईज्जत बेचेर देउ भन्दै मानसिक यातना दिने कार्यप्रती आफुहरुको धर्ना रहेको साथै एक लाख रुपैँया ऋण निकाल्यो भने, २० बजार पहिले नै निकालेर लघुवित्तले सेवा सुविधा दिए बापत लैजाने र एक लाखको पुरै व्याज लिने, हिसाब देखाउनु भन्दा अटेरी गर्ने नदेखाउने, ज्यादती गर्ने विरुद्ध आफुहरुले बाध्य भएर आन्दोलनमा आएको मोक्तानले बताईन ।

‘आफुले लघुवित्तको ऋण तिरी सक्दा पनि अरुले ऋण तिरेको छैन बाँकी छ भन्दै लघुवित्तको समुह बाट बाहिर जान नदिने, साथै ऋण लैजाउ ऋण लिएपछि राम्रो रेकर्ड हुन्छ भनि लोभ देखाउदै लघुवित्तले जबरजस्ती ऋण लिन लगाएको’ कृष्णपुर नगरपालिकाकी ईसा राना बताउछिन् । ‘लघुवित्तको चक्करमा शिविरमा रहेको दुई कट्टा जग्गा पनि आफुले बेचको तर अझै पनि ऋण जस्ताको तेस्तै भएको राना बताउछिन् ।

आफुले १ लाख १० हजार ऋण निकालेर लगेको र बिभिन्न विषय सेवा सुविधा देखाएर १ लाख ५० बजारको तमसुक बनाएर लगेको पुनर्वास नगरपालिका ९ की जसुदेवी सुनारले बताईन । लकडाउनमा किस्ता तिर्न नस्कदा फेरी ३ लाखको तमसुक बनाएर आफुहरुलाई ज्यादती गरेको उनले बताईन । अरु महिलाहरुको नाममा निकालेको ऋण पनि मेरै नाममा बनाएर अहिले ४ लाखको ऋण मेरै नाममा रहेको उनले बताईन । ऋण दिन सकिँदैन भने आफु मरेर मृत्यु दर्ता ल्याएपछि मात्रै ऋण मिनाह हुने सहकारीका कर्मचारीले भन्ने गरेको उनले बताईन । आफु घरमा नहुँदा घरमा रहेका अरु परिवारका सदस्यहरुलाई आएर मानसिक यातना दिने, धम्काउने गरेको उनको आरोप रहेको छ ।

कृष्णपुर नगरपालिका ३ बाणी की रामकुमारी देवी डगौराले आफनो १२ आफनो वर्षको छोरालाई पनि धम्काएरको उनले बताईन । पैसा नदिए पछि घरमा ताला लगाएर सबैलाई बाहिर भगाईदिने भनेपछि छोरालाई मानसिक तनाव भएर बिरामी भएको उनले बताईन । लघुवित्तहरुको आच्काली चर्को ब्याजदर खारेजी, ऋणी मिनाह गर्नुपर्ने, लघुवित्त खारेजीको माग अघि सारेर पटक–पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको आन्दोलनमा आएका महिलाहरुको भनाई रहेको छ । माग पुरा नहुँदा आन्दोलन जारी राख्ने जनाएका छन ।

लघुवित्त तथा वित्तिय संघ संस्थाले भने धेरै लघु वित्तबाट ऋण लिएर नतिर्ने प्रवृति हावि भएको र केही व्यक्तिले सोझासाझा जनता उस्काएर आन्दोलनमा ल्याउने काम भएको जनाएका छन् तर, लघुवित्तको ब्याजदर घट्नु पर्नेमा विभिन्न पक्षबाट भने माग उठिरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img