सनराईज बैंकद्वारा महाकाली अस्पतालाई बेबि वार्मर मेसिन सहयोग


कञ्चनपुर : सनराईज बैंकले महाकाली प्रादेशिक अस्पताललाई बेबिवार्मर मेसिन सहयोग गरेको छ । सनराईज बैक लिमिटेड शाखा महेन्द्रनगरले महाकाली अस्पताललाई २ थान बेबिवार्मर मेसिन सहयोग गरेको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य ईन्द्र साउदले सनराईज बैंकको समाजिक उत्तरदायित्व कार्यक्रम अनुरुप अस्पताललाई बेबिवार्मर मेसिन दिएको बताए । शनिबार एक कार्यक्रमका विच सनराईज बैंकका म्यानेजर योगेश कुमार भट्टले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टलाई मेसिन हस्तान्तरण गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img