बैजनाथ धार्मिक तथा पर्यटकीय बिकास समितीको सहयोग र पहल गर्न पछि नहट्ने : उपप्रमुख कल्पना पन्त


शुक्लाफाँटा: नगरपालिका वडा नम्बर ८ मणिका मा रहेको श्री बैजनाथ धार्मिक तथा पर्यटकीय बिकास समितीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन २०७९ सम्पन्न भएको छ। आज नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तको प्रमुख आतिथ्यमा संचालित भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना जोशी पन्तले आफ्नो व्यक्तीगत तथा नगरपालिकाको तर्फ बाट पर्यटकीय बिकास समिती का लागी आवश्यक सहयोग र पहल गर्न पछि नहट्ने प्रतिबद्दता जनाएका छन्। शनिबार आफ्नो मन्तब्य राख्दै उपप्रमुख पन्तले उक्त प्रतिबद्दता जनाउनु भएको हो।

नगरपालिकाकै ऐतिहासिक एवं धार्मिक आस्था,मूल्य र मान्यता बोकेको मणिका धाम क्षेत्र अर्थात् श्री बैजनाथ धार्मिक तथा पर्यटकीय बिकास समिती को सकारात्मक तथा सिर्जनात्मक कार्यको लागि सधै प्रतिनिधित्व लिन नगरपालिका र आफु तत्वर रहेको जनाउनु भएको छ। साथै यस्ता धार्मिक एवं ऐतिहासिक धरोहरको संरक्षण,सम्बर्धन तथा प्रचार प्रसारको हक समेत हरेक नागरिकको रहेको र दायित्व समेत भएको हुदा सबैले आ आफ्नो तर्फ बाट सहकार्य तथा समन्वय गरेर अगाडि बढन आह्वान गरेका छन्।

त्यस्तै बिशिस्ट अतिथि समेत रहेका वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर सिंह महराले धार्मिक तथा ऐतिहासिक धरोहरको बिकास,बिस्तार र संरक्षण मा कसैले पनि राजनीति नगर्न अनुरोध गरेका छन्। नगरपालिकाकै मात्र नभई धार्मिक स्थल मा लाग्ने मेला र पुजा आजाको लागि अन्य नगरपालिका र जिल्ला बाट समेत श्रदालु भक्तजनहरु आउने हुदा हामीले व्यवस्थित र मर्यादित भएर संरक्षण मा लाग्नुपर्ने कुरामा जोड दिएका छन्।

समितिका अध्यक्ष भरत बहादुर ऐरको सभापतित्वमा संचालित कार्यक्रममा स्वागत मन्तब्य तथा आगामी योजनाको बारेमा जानकारी श्री बैजनाथ धार्मिक तथा पर्यटकीय बिकास समिती का कोषाध्यक्ष मान बहादुर ऐरले राखेका थिए। आगामी बर्षहरुको योजनाहरु मा डि पी आर निर्माण गर्ने,बाटो निर्माण तथा बिजुली बत्तिको बिस्तार लगायतका योजना खाका प्रस्तुत गरेका छन्। त्यसैगरी आर्थिक प्रतिबेदन प्रस्तुत समिती का सचिव डम्मर ऐर ले प्रस्तुत गरेका थिए।

अब यस्तो बन्यो श्री बैजनाथ धार्मिक तथा पर्यटकीय बिकास समितीको नयाँ कार्यसमिति अध्यक्षमा – पुर्ण बहादुर हमाल
उपाध्यक्ष – बिनोद ऐर, कोषाध्यक्ष – नवराज पन्त, सचिव – डम्मर बहादुर ऐर, सह–सचिव  – भागरथी गिरी, सदस्यहरुमा – देव बहादुर सार्की पार्वती ऐर निशा ऐर रहेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img