जापान कराते डो. कोशिकाई सितोरियो संघ नेपालको नगर कराते समिति गठन


खडक बहादुर कोली/कञ्चनपुर : जापान कराते डो. कोशिकाई सितोरियो सँघ नेपालले १३ सदस्यीय नगर कराते समति गठन भएको छ । शुक्रबार भीमदत्त नगरपालिकाको सभाहलमा भएको एक कार्यक्रम बिच समिति गठन गरिएको हो ।

‘खेलकुद राष्ट्र र स्वास्थ्यको लागि अपरिहार्य भएको हुनाले यसलाई बढावा दिन जरुरी’ भएको जापान कराते डो.को सिकाई सितोरियो संघ नेपालका केन्द्रीय महासचिव तथा कराते प्रमुख प्रशिक्षक हन्सी अभिषेक सिहले बताउनु भयो ।‘कुनै पनि खेलले राष्ट्रलाई चिनाउने हुदाँ खेल र खेलाडी दुवै देशका लागि महत्वपूर्ण रहेको हुन्छन् । त्यसैले राष्ट्रले पनि खेलाडीको लागि विभिन्न सुविधा बढाउदै गएको छ । अहिले दिन प्रतिदिन विभिन्न रोग बाट मानिसको मृत्यु भई रहेको अवस्थामा पनि खेलकुद महत्वपूर्ण भएको’ जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले बताउनु भयो ।

शुक्रबार गठन भएको जापान कराते डो. कोशिकाई सितोरियो सँघ नेपाल अध्यक्षमा नरेश पण्डित चयन भएका छन् भने त्यसै गरी उपाध्यक्षमा सुरज भट्ट, तिलक पाण्डेय, सचिवमा निरन्जन भट्ट, कोषाध्यक्षमा सवित्री महरा सदस्यमा कविराज महरा, उद्धव अवस्थी, हेमराज अवस्थी, हेमराज भट्ट, तुलसी जोशी, सुदिप खत्रि, सनम सिंह, निकिता डगौरा,र सफल गुरुङ्ग रहेका छन् ।

कार्यक्रकको अध्यक्षता जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका केन्द्रीय महासचिव तथा कराते प्रमुख प्रशिक्षक हन्सी अभिषेक सिहले गर्नु भएको थियो भने प्रमुख अथितीमा जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बोहरा रहनु भएको थियो । त्यसैगरी विशिष्ट अथितीमा पूर्व भीमदत्त न.पा.–४का वडा अध्यक्ष तथा जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका प्रदेश सल्लाहाकार लक्ष्मी दत्त बोहरा, रहुन भएको थियो भने अतिथीमा लोक बहादुर ठकुराठी, प्रदेश कराते मुख्य सचीव प्रेम बहादुर चन्द, जिल्ला अध्यक्ष दिपेन्द्र विष्ट, नेपाली काग्रेस नगर सभापति तथा बैजनाथ मा.वि.का व्यवस्थापन समितका अध्यक्ष अच्यूत राज कलौनी, खेलकुद समितिका प्रमुख गोपालदत्त भट्ट, कराते जिल्ला वरिष्ठ उपाध्यक्ष लोचन सिंह कार्की र उपाध्यक्ष सन्जय अधिकारी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन कराते डो.कोशिकाई सितोरियो संघ नेपालका केन्द्रीय सदस्य सिद्धराज सोतीले गर्नु भएको थियो ।

 


Loading Viewer...

ताजा समाचार

spot_img