महेन्द्रनगरका ट्युसन सेन्टरमा भीमदत्त नगरको अनुगमन

अनुमती बिनै संचालनमा रहेको ट्युसन सेन्टरका संचालकलाई प्रकृयामा आएर चलाउन निर्देशन


कञ्चनपुर:  कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेका ट्युसन सेन्टरको अनुगमन गरिएको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा रहेको ट्युसन सेन्टर भाषा सिकाई केन्द्रमा अनुगमन गरेको हो । भीमदत्त नगरका उपप्रमुख निलम लेखक जोशीको नेतृत्वमा अनुगमन गरिएको छ । शिक्षा ऐन बिरुद्धमा ट्युसन सेन्टर संचालनमा रहेको विषय विद्यार्थीबाट गुनासो आएपछि नगरपालिकाले अनुगमन गरेको हो ।

भीमदत्त नगरपालिका नगर शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले हेलो यूपिएस र निसु जापानिज ल्याङग्वेज सेन्टरमा अनुगमन गरेको बताए । ‘दुवै ट्युसन सेन्टर व्यवसायिक रुपमा दर्ता भएको पाईयो, ‘उनले भने, ‘तर शिक्षा नियमावली अनुरुप दर्ता बिनौ संचालनमा रहेछन, उनीहरुलाई शिक्षा ऐन अनुरुप दर्ता गरेर संचालन गर्न निर्देशन दिएका छौँ ।’ बाँकी ट्युसन सेन्टरमा समेत अनुगमन गरिने भीमदत्त नगरपालिकाले जनाएको छ ।

अनुमती बिनै संचालनमा रहेका ट्युसन सेन्टरलाई यथाशिघ्र अनुमती लिएर प्रकृया अनुरुप संचालन गर्न अनुमती लिएर मापदण्ड अनुरुप मात्रै संचालन गर्न निर्देशन दिएको छ । विद्यार्थी संघ संगठनहरुले समेत अवैध रुपमा संचालनमा रहेका ट्युसन सेन्टर, भाषा सेन्टर बन्द गर्नुपर्नेमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img