कञ्चनपुर : ऋढा मिनाहको माग अघि सारेर लघुवित्तका ऋणीहरु आन्दोलनमा उत्रिएका छन । मंगलबारदेखि कञ्चनपुरका ऋणी आन्दोलनमा उत्रिएका हुन । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिको अगुवाईमा जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्नामा बसेका छन ।

लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिका अध्यक्ष बुझाउना चौधरीले लघुवित्तहरुको आचाली चर्को ब्याजदर खारेजी, ऋणी मिनाह गर्नुपर्ने, लघुवित्त खारेजीको माग अघि सारेर पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।माग पुरा नहुँदा आन्दोलन जारी राख्ने जनाएका छन ।

लघुवित्त तथा वित्तिय संघ संस्थाले भने धेरै लघु वित्तबाट ऋण लिएर नतिर्ने प्रवृति हावि भएको र केही व्यक्तिले सोझासाझा जनता उस्काएर आन्दोलनमा ल्याउने काम भएको जनाएका छन । तर, लघु वित्तको ब्याजदर घट्नुपर्नेमा विभिन्न पक्षबाट भने माग उठिरहेको छ ।







