कञ्चनपुरको प्राथमिक तहको शिक्षक पदमा ६८ जना स्थायी नियुक्ति


खडक बहादुर कोली/ कञ्चनपुर : शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट प्राथमिक तहको शिक्षक पदमा स्थायी नियुक्तिका लागि सिफारिस भई आएका ६८ जना उम्मेदवारलाई शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले स्थायी नियुक्ति दिएको छ ।

‘जसमा महिला ३६ र पुरुष ३२ जना गरी ६८ जना रहेका छन् भने ६८ जना मध्ये २ अन्तरप्रदेश र २ जना अपाङ्गता भएका शिक्षक रहेका छन् । उनीहरुलाई शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका इकाई प्रमुख/उपसचिव दिपकराज कलौनीले स्थायी नियुक्ति तथा पदस्थापनाको पत्र सहित कञ्चनपुर जिल्लाका नौवटै स्थानिय तहहरुमा खटाईएको’ शाखा अधिकृत रुपराम तिरुवाले बताउनु भयो ।

‘शुक्लाफाँटा २, दोधारा १४, लालझाडी ६, बेलौरी १३, भीमदत्त ९, बेलडाडी ५, पुनर्वास १६ र कृष्णपुर ३ जना गरी ६८ जनालाई खटाईको छ । यो सँगै स्थानिय प्राथमिक तहमा शिक्षकको केही हद सम्म पनि पदपूर्तिले पठन पाठनमा सहज हुने शाखा अधिकृत राजेन्द्र प्रसाद भट्टले बताए । सोही अवसरमा इकाई प्रमुखले स्थायी नियुक्ति पाएका शिक्षक/

शिक्षिकाहरुलाई सम्मान गर्नुको साथै वहाँहरुको आगामी दिन सफल र पूर्णकार्यकाल सफलताको पनि शुभकामना व्यक्त गर्नु भयो ।

 


Loading Viewer...

ताजा समाचार

spot_img