अष्ट्रेलियाबाटै सङ्गीतलाई अघि बढाउदै नवराज


कञ्चनपुर: घुम्तीमा रेल, बेहुलो सिपाही, जौपात, बनारसको साडी, चना पकौडी जस्ता गीत बाट लोकप्रिय बनेका गायक नवराज कलौनी अचेल अष्ट्रेलिया मेलबर्नमा विध्यार्थि जीवन बिताईरहेका छन। देश बाट टाढा विद्यार्थी जीवनमै भएपनी उनले गीत सङ्गीतलाई भने निरन्तरता दिईरहेका छन।

पछिल्लो समय ‘मेरी काली’ र ‘छक्कै परे’ गीत उनले अष्ट्रेलिया बाटै बजारमा ल्याएका हुन। सो गीतहरु नेपालमै रेकर्ड र छायांकन गरे पनि अष्ट्रेलिया बाट सार्वजनिक गरेका हुन। सास्कृतिक कार्यक्रम सङ्गै अध्ययनको सिलसिलामा विदेशको बसाई रहे पनि देशको सस्कृतीलाई बिर्सन नसकिने भन्ने उनको भनाई अनुसार फेरि पनि उनका अन्य गीतहरु बजारमा आउने पनि नवराजले जानकारी दिएका छ्न। अष्ट्रेलिया हुँदै गर्दा उनले त्यहाँ आयोजना हुने कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती दिने गरेका छन।


Loading Viewer...

ताजा समाचार

spot_img