कञ्चनपुर: भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरका चार नेपाली नागरिकमाथि कुटपिट प्रकरणमा नेकपा बहुमत कञ्चनपुरले घटनाको भत्र्सना जाहेर गरेको छ । बहुमत कञ्चनपुरले एक विज्ञप्ती जारी गदै एसएसबीद्वारा कुटपिट कार्यको भत्र्सना जाहेर गरेको हो ।

बहुमत कञ्चनपुरले एसएबीद्वारा भीमदत्त नगरपालिका १० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी, भीमदत्त नगर ५का रतन ठगुराठी र गोबिन्द प्रशाद जैसी(डब्लु) लाई कुटपिट घटनाको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । विश्व बजार खुला तीनि तथा नेपाल भारत खुला सीमाको विशेष परिस्थितिमा बारम्बार भारतीय पक्षबाट स्वाभिमानी नेपाली जनतामाथि अपमान कार्य सैय नहुने चेतावनी दिएको छ ।

बहुमत कञ्चनपुरका संयोजक नक्साल र इन्चार्ज अर्जुनद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा यस्ता नेपालीमाथि हुने गतिबिधी रोक्न माग अघि सारेको छ । नेपालमाथि अपमान जारी राखे ईटको जवाफ पत्थरले दिने चेतावनी दिएको छ । घटनाको चौतर्फि भत्र्सना जाहेर गरिएको छ ।







