कञ्चनपुर: नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरका चार विद्यार्थी नेता नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियुमा प्रवेस गरेका छन । एमाले निकट अनेरास्ववियु परित्याग गर्दै समाजवादी निकट अनेरास्ववियूमा प्रवेस गरेका हुन । समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका नेता तोयराज जोशीले एमाले निकट अनेरास्ववियूबाट चार विद्यार्थी नेताले अनेरास्ववियु परित्याग गर्दै समाजवादीमा प्रवेस गरेको बताए ।

अनेरास्ववियू कञ्चनपुरका नेता जोशीले एमाले निकट अनेरास्ववियु परित्याग गरेर दिनेश महरा, तिलक प्रशाद भट्ट,माधव महरा, नरेश बडू समाजवादी निकट विद्यार्थी संगठनमा प्रवेस गरेको बताए । अनेरास्ववियु सुप विश्वविद्यालयका अध्यक्ष समेत रहेका महरा, कोषाध्यक्ष भट्ट एव सदस्यद्वय माधव महरा, नरेश बडूलाई समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका नेता कार्यकर्ता, समाजवादी जिल्ला इन्चार्ज लाल बहादुर खडका, उपसचिव राजेन्द पाण्डे, बेदकोट समाजवादी अध्यक्ष महेशराज जोशी सहितले खादा टिका लगाएर संगठनमा स्वागत गरेका छन ।







