कृष्णपुरमा बहिरोपना रोकथाम सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न


कञ्चनपुर :  अपाङ्ग एकता समाज नेपालको आयोजना तथा इम्प्याक्ट नेपालको आर्थिक सहयोगमा कृष्णपुर नगरपालिककामा आज एक दिने बहिरोपना रोकथाम सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष हरिदत्त भट्टको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उप प्रमुख द्रोपती राना रहनु भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा बोल्दै नगर उप प्रमुख रानाले बहिरोपना भएका व्यक्तिहरुका लागि नगरपालिकाबाट विशेष प्रस्ताव लगेर कार्यक्रम सञ्चलन गरिने बताईन । उनले समाजका विशिष्ट व्यक्तिहरुलाई प्राथमिकतमा राखेर स्वास्थ्यका कार्यक्रम सञ्चालन भैरहेको बताईन ।

इम्प्याक्ट नेपालका परियोजना अधिकृत राम बहादुर बोगटीले संस्थाले बहिरोपना रोकथामका लागि पुरयाउदै आएको रोकथामका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका छन । कार्यक्रमका प्रशिक्षक दिलीप देउवाले बहिरोपनको अबस्था, बहिरोपना हुने कारण र रोकथामका उपाय बारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रमका सभापती भट्टले अपाङ्गता मैत्री संरचना र सहायक सामग्रीको अभाव हुदा अपाङ्गता भएका व्यक्तिरुलाई निकै असहज भएको बताए । कार्यक्रममा नगरपालिकाको वडा नं ५ का अध्यक्ष टेक पाण्डेय, शिक्षा शाखा प्रमुख विष्णुदत्त भट्ट र महिला शाखा प्रमुख चन्द्रा तिमिल्सीना लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृष्ण थापाले गरेका थिए । कार्यक्रममा बहिरोपना भएका २३८ बढी व्यक्तिहरुको उपस्थीति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img