यातायात मजदुर संघ कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशन




कञ्चनपुर, १४ चैत्र
नेपाल यातायात मजदुर संघ कञ्चनपुरको अध्यक्षमा धर्मानन्द जोशी र सचिवमा रमेश ठगुन्ना चयन भएका छन । सोमबार महेन्द्रनरमा सम्पन्न भएको काँग्रेस निकट यातायात क्षेत्रका मजदुर सघ कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशनबाट मुख्य पद अध्यक्षमा जोशी र सचिवमा ठगुन्ना चयन भएका हुन ।
सहमतीय आधारमा नेपाल यातायात मजदुर संघ कञ्चनपुरको कार्य समिति चयन गरिएको छ । उपाध्यक्षद्वय उमेश पन्त, देवकी जोशी, सहसचिव मधुसूदन जोशी, कोषाध्यक्ष देब सिंह साउद, सदस्य तर्फ खगेन्द्र भट्ट राजेन्द्र खड्काशिद्द राज पन्त, श्याम धामी , दिनेश चन्द, शेर सिंह धामी रहेका छन । नेपाल यातायात मजदुर संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष सुरेन्द्र अवस्थीको अध्यक्षता एव यातायात महासंघका उपाध्यक्षएव मजदुर संघका सल्लाहकार डम्मर दत्त पन्तको प्रमुख आथित्य सहितका मजदुर नेताहरुको उपस्थितिमा अधिवेशन भएको थियो । नेपाल यातायात मजदुर संघ कञ्चनपुरका पदाधिकारीले मजदुरको हक अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन । नेपाल यातायात मजदुर संघ कञ्चनपुरका सचिव रमेश ठगुन्नाले मजदुरको समाजिक सुरक्षादेखि पेशागत हकहितका लागि सरकारसंग आवश्यक पहल गर्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img