कञ्चनपुर : कञ्चनपुरका तीन किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । कृषि विकास निर्देशनालयले कञ्चनपुरका तीन किसानलाई भीमदत्त उत्कृष्ठ कृषक पुरस्कार प्रदान गरिएको हो ।कृषि विकास निर्देशनालयले जिल्लाका तीन किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । बिहीबार एक कार्यक्रमका विच तिनै जना कृषकलाई पुरस्कार एव सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले निर्देशनालयले बनाएको मापदण्ड निर्देशिका बमोजिम जिल्लाभरीका किसान मध्ये तीन किसानलाई छनौट गरिएको बताए । उनका अनुसार ज्ञानेन्द्र महता, आश्रेराना राना(बडायक) र कलावती भट्टलाई पुरस्कार एव सम्मान गरिएको छ ।

उत्कृष्ट कृषक पुरस्कारका लागि जिल्लाभरी सुचना आब्हान अनुरुप २५ जना किसानले आवेदन दिएका मध्ये प्राविधिक समिति समितिले महता, राना र भट्टलाई छनौट गरेको हो । जनही पुरस्कार २५ हजार नगद प्रमाण पत्र एव दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशी, कृषि मन्त्रालका सचिव डा. मदन सिह धामी सहितका कृषि कार्यालयका अधिकारीले उनीहरुलाई प्रमाण पत्र पुरस्कार हस्तान्तरणन गर्दै सम्मान गरेका छन । भीमदत्त नगरपालिका ९ मटैनामा जमिन भाडामा लिएर जिल्लामै पहिलो पटक ड्रागनखेती गरेका वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिसर्च सेन्टर प्रालिका संचालक ज्ञानेन्द्र महताले पुरस्कार सम्मानबाट थप उत्साहित बनाएको बताए । ‘यहाँ रोजगारी छैन भन्छन, ‘उनले भने, ‘श्रम गरे कृषिमा राम्रो सम्भावना छ ।’







