कञ्चनपुर : अपाङ्ग एकता समाज नेपालको आयोजना तथा इम्प्याक्ट नेपालको आर्थिक सहयोगमा बुधवार झलारीमा एक दिने बहिरोपना रोकथाम सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष हरिदत्त भट्टको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख महराले प्रस्ताव लिएर आएमा अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्न प्रतिवद्ध रहेको बताउनु भयो । वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले अपाङ्गता भएका व्यक्तिहरुलाई वडाका तर्फबाट हुने सहयोगका जहिले पनि तत्पर रहेको बताउनु भयो । वडामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरिदै आएको उहाँले उल्लेख गर्नु भयो ।

इम्प्याक्ट नेपालका परियोजना अधिकृत राम बहादुर बोगटीले संस्थाले बहिरोपना रोकथामका लागि पुरयाउदै आएको रोकथामका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको छ । कार्यक्रमका प्रशिक्षक सुदूरपश्चिम विश्वविद्यालयका उप प्रध्यापक डा यज्ञराज पाण्डेयले बहिरोपनको अबस्था, बहिरोपना हुने कारण र रोकथामका उपाय बारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रमका सभापती भट्टले अपाङ्गता मैत्री संरचना र सहायक सामग्रीको अभाव हुदा अपाङ्गता भएका व्यक्तिरुलाई निकै असहज भएको बताउनु भयो ।

स्थानिय तहाबाट सहयोगको अपेक्षा गरेपनि हाल सम्म उपेक्षा गरिदै आएको उहाँको भनाई थियो । कार्यक्रममा नगरपालिकाको रोजगार शाखका प्रमुख कृष्णप्रसाद भट्ट, शिक्षा शाखा प्रमुख शुरेस भट्ट र स्वास्थ्य शाखका स्वास्थ्य निरीक्षक लिलावती भट्टको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृष्ण थापाले गर्नु भएको थियो । कार्यक्रममा बहिरोपना भएका २६ बढी व्यक्तिहरुको उपस्थीति रहेको थियो ।







