नगर स्तरीय सम्वाद कार्यक्रम सम्पन्न

द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्रको आयोजनामा शान्तिका लागि स्थानिय क्षमता कार्यक्रम


धर्मराज कठायत/कञ्चनपुर : शान्तिका लागि स्थानिय क्षमता कार्यक्रम सरोकारवाला निकाय सँग समसामयिक विषयमा नगर स्तरीय सम्वाद कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजनामा नागरिक आवाजको साझेदारीमा मिसिरयोरको आर्थिक सहयोगमा समपन्न भएको छ ।

जिल्लामा विद्यमान समसामियक सवालहरुलाई पहिचान गरी त्यसको आगामी वर्षको लागि कार्य योजना निर्माण गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नितिलाई कार्यन्वयनमा सहयोग पु¥याउने र जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संस्था तथा सरोकारवाला सँग सहकारी गरी अगाडि बढने मुल उद्देश्य रहेको द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहराको भनाई रहको थियो । कार्यक्रममा विद्यमान समसामयिक विषय जस्तै लागु औषध, आत्महत्या, बालविवाह, वहुविवाह, बलात्कार, महिला अधिकार र अभद्र व्यवहार विषयमा चर्चा परिचर्चा भएको थियो ।

अहिलेको अवस्थामा युवा युवतीहरु सबै भन्दा बढी लागु औषधको प्रयोग र आत्महत्या जस्ता जघंन्य अपराध गर्ने गरेको पाइन्छ । यो अवस्था १३ देखि १९ वर्ष सम्मका युवायुवति माझ देखिएको छ, सानो उमेरमै माया प्रेममा परेर धोका खाएको बहानामा विभिन्न लतमा लागनुको साथै आत्महत्या जस्ता बाटो अपनाउने गरेको पाइएको छ । यी अपराधहरु हेर्दाखेरी सजिलो देखिए पनि हाम्रो समाजको अवस्था दर्दनाक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाहीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय र महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन समिति एक अर्काका परिपुरक रहेको संयोजक सीता खड्काले बताउनु भयो साथै यस आर्थिक वर्ष ७८/७९ मा २६८ मुद्दाहरुमा घरेलु हिंसा मात्र १३२ रहेको वहाँले बताउनु भयो । १४, १५ वर्षको युवा युवतिमा लागु औषध र आत्महत्याका घटनाहरु बढने भएकाले यसको न्युनिकरणका लागि स्थानिय पाठ्यक्रममा जनचेतना मुलक पाठहरु राख्न जरुरी देखिएको समाजिक अभियन्ता भगवति थापाले बताउनु भयो । यसले विकृतिको रुप धारण गरेको छ ।

अहिले गाँउघरमा खाली रहेको पुराना घर र मन्दिरलाई लागु औषध प्रयोग गर्ने स्थान बनाएका छन् । निति, नियती र विधि बनाउने जिम्मेवारी कसको ? यसको जवाफ राज्य वा नागरिक कसले दिनु पर्ने भन्दै प्रश्न गैसस महासंघका प्रदेशका सदस्य तथा कञ्चनपुरका जिल्ला इन्र्चाज नरेश शिलालले राख्नु भएको छ । लागु औषध, आत्महत्या, बालविवाह, वहुविवाह, बलात्कार, महिला अधिकार र अभद्र व्यवहार विषयमा भीमदत्तनगरपालिका उप प्रमुख निलम जोशी लेखकले यस विषयमा नगरपालिका गम्भिर रहेकोे भन्दै निति नियम तयार गरी बजेट विनीयोजन गर्ने प्रतिवद्धता गर्नु भयो । देशमा तिन तहको सरकार रहेको छ, यसमा सम्पुर्ण सरोकारवाला निकायहरुले सहकार्य गर्न समेत आव्हान गर्नु भएको छ । शान्तिका लागि स्थानिय क्षमता कार्यक्रम भीमदत्तनगरपालिकाका १, ९, ११, १३, १८ मा र त्यसैगरी वेतकोटका ५ वटा वडामा कार्यक्रम लागु भएको वहाँले बताउनु भयो । कार्यक्रममा भीमदत्तनगरपालिकाका उप–प्रमुख निलम जोशी लेखक, समाजिक विकास समितिका अध्यक्ष शुशिल भट्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख कुन्ती लेखक, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनु शाही, महाकाली प्रादेशिकका एकद्वार संकट व्यवस्थापन समितिका संयोजक सीता खड्का, विभिन्न वडा भीमदत्त नगरपालिकाका वडा नं. १ , ६, ९, ११ र १८ का जनप्रतिनिधी लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन द्वन्द्व पिडित तथा एकल महिला विकास केन्द्रका कार्यालय प्रमुख डम्मरी विष्ट कुँवरले गर्नु भएको थिया ।


Loading Viewer...

ताजा समाचार

spot_img