०६३ यताका नक्सा खारेजीको माग अघि सार्दै बेदकोट ९का केही स्थानीय आन्दोलित


कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका ७, ९ र १० का केही स्थानीय जमिनको विषयलाई लिएर आन्दोलित भएका छन । जग्गा सट्टा भर्ना तथा अनियमितता संघर्ष समितिले बिहानै कञ्चनपुरमा आन्दोलन गरेको छ । संघर्ष समितिले विवित माग अघि सारेर पुर्व पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध पारेका छन ।

जग्गा सट्टा भर्ना तथा अनियमितता संघर्ष समितिका उप संयोजक प्रवेस केसीले बेदकोट नगरपालिका ९ को जमिन विवाद बारे पटक पटक सरकारी निकायमा पहल गर्दा समेत नभएपछि आन्दोलनमा उत्रिएको बताए । उनका अनुसार ०६३ यताका किर्ते नक्सा खारेजी हुनुपर्ने, भू माफिया कर्मचारीलाई कार्बाही, साविक नक्सा अनुसार आरक्षत्रमो क्षेत्र छुट्टाएर भोग अनुसारको जमिन पीडितलाई दिनुपर्ने, पीडितको पहिचान गरेर जमिन दिनुपर्ने, लगत हेरेर मात्रै पीडितलाई जमिन दिनुपर्ने, बाँकी जमिन खाली गराउनुपर्ने माग अघि सारेका छन । ‘आन्दोलन निरन्तर हुन्छ, ‘उनले भने, ‘हामी माग पुरा नहुँदासम्म आन्दोलन जारी गछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img