बालविकास केन्द्रका सहजकर्ता भन्छन : न बर्तमान छ, न भविष्य छ


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ४ असैना स्थीत कालिका माध्यमिक विद्यालयमा रहेको बालविकास केन्द्रमा अढाई दशक देखि सहजकर्ताका रुपमा सुनिता नेपाली कार्य गर्दै आएकी छन । रु पाँच सय पारिश्रमिक पाउने गरी नेपालीले विसं २०५८ सालमा नियुक्ति पत्र पाएकी हुन । बालविकास सहजकर्ताका रुपमा नियुक्ति पाएको २३ वर्ष पछि उनको तलव चालु आबमा बढेर रु १५ हजार पुगेको छ । तलब बढेपनि सेवानिवृत हुदा रितो हात घरमा बस्नु पर्ने अबस्था प्रति उनी असन्तुष्ट छन । ‘बालविकास केन्द्रमा भर्ना हुने बालबालिकाको स्याहार सुसार गर्दा गर्दै पुरै जीवन वित्नै लागेको छ’ उनले भनिन् ‘बालविकासका सहजकर्ताको नत बर्तमान छ, नत भविष्यनै ।’‘थोरै तलवले जीवन चलाउन सकिदैन, सहजकर्ताको पनि परिवार हुन्छ, आश्रित बालबालिका हुन्छन, अरु जस्तै सपना हामीले पनि देखेका हुन्छौं, जीवन धान्ने गरी तलवको व्यवस्था संगै स्थायी गरी जीवन शुरक्षित बनाईनु पर्छ’ उनले भनिन् ।

निःशुल्क स्वास्थ्योपचार, बीमाको व्यवस्था संगै बालविकास केन्द्रमा कार्यरत सहजकर्तालाई विद्यालयका शिक्षक जस्तै सेवा सुविधा दिईनु पर्ने उनको भनाई छ । ‘बालविकास केन्द्रबाट उमेर हदका कारण सेवानिबृत्त हुन सुनिताको दुई तीन वर्ष मात्रै बाँकी रहेको छ’ विद्यालयका प्रद्यानाअध्यापक राघव अबस्थीले भने, ‘बालविकास केन्द्रमा अन्य विद्यालयमा न्यून विद्यार्थी भएपनि सुनिताको कक्षामा बालबालिको सङख्या थामि नसक्नु छ।’ खेल्दै सिक्दै सीपको प्रयोग गरी उनले बालबालिकालाई सिकाउने गरेकाले आदर्श सहजकर्ताका रुपमा उनलाई लिईने गरिएको छ । विद्यालयको बालविकास केन्द्रमा २५ बढी विद्यार्थी भर्ना भैखेल्दै सिक्दै आएका छन । अर्का बालविकास सहजकर्ता डम्बरी बोहराले नीजि विद्यालयले बालबालिकालाई घोकन्ते विधिबाट सिकाउने गरेका कारण अभिभावकको आकर्शण बढेको बताईन । ‘अढाई वर्षकै हुदा अभिभावकले बालबालिकालाई नीजि विद्यालयमा पठाउने गरेका छन’ उनले भनिन् ‘बालविकास केन्द्रमा उमेर पुगेपछि मात्रै भर्ना गरिन्छ, त्यसैले बालबालिका पाउनै मुश्किल भएको छ ।’ ‘बालबालिकालाई बालमैत्री विधिबाट सिकाउन थालेका छौं’ उनले भनिन् ‘अभिभावकले गृहकार्य दिन दवाव दिन थालेकाले त्यही अनुरुप पढाउन थालेका छौं, त्यसैले बालविकासमा भर्ना हुने बालबालिका जोगाउन सकेका छौं ।’

खेलौनाको माध्यमबाट खेल खेलाउदै सिकाउने कला नगरपालिकाले सञ्चालन गरेको तालिमबाट सिकेर क्षमता अभिबृद्धि भएको उनको भनाई रहेको छ ।बालविकास तहको पाठयक्रमका विषय बस्तुबारे जानकारी संगै घरमा प्रयोग भई सकेका पुराना कपडा, चेप्टा ढुङ्गाहरु, बासका छेस्का, काँटीहरु, गेडागुडीहरु, बालविकास केन्द्रमा प्रयोगभै सकेका विभिन्न किसिमका चार्टहरुको प्रयोग गरी खेलौना र शैक्षिक सामग्री बनाउन सिकेको उनले बताईन ।शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले सरकारले निर्णय गरे अनुसारको तलवको व्यवस्था गर्ने देशकै पहिलो नगरपालिका शुक्लाफाँटा रहेको बताए ।‘बालविकास केन्द्रमा भर्ना हुने बालबालिकाका आधारमा प्रति विद्यार्थी बरावर रु पाँच सयका दरले रकम दिने गरेका छौं’उनले भने,‘खाजा वाफतको रकम अलग्गै रुपमा उपलव्ध गराउने गरेका छौं ।’प्रति बालबालिका वाफत दिईने रकम सन्दर्भ सामग्रीको व्यवस्थापनका लागि भएपनि केही विद्यालयले सो रकम नीजि स्तरबाट राखिएका शिक्षकको तलव दिनका लागि खर्च गरेको पाईएकाले त्यो कार्य निरुत्साहीत गर्नमा लागेको उनले बताए ।
‘विद्यालय शिक्षाको प्रवेश द्वारका रुपमा बालविकास केन्द्र भएकाले त्यसको सुधार हुनु पर्छ भन्ने मान्यता राखद छौं’ उनले भने, ‘गुणस्तरीय सिकाई कार्य प्रवद्र्धन गर्न र शैक्षिक सामग्री, खेलौना, खेलकुदका सामग्री संगै भौतिक पूर्वाधार विकास, कार्पेट, कुसन लगायतको व्यवस्था गर्न लागेका छौं ।’

नगर उप प्रमुख कल्पना जोशी पन्तले बालबालिका काँचो माटो भएकाले जस्तो बनाउन खोज्यो त्यस्तै बन्ने भएकाले यसमा सहजकर्ताको भूमिका महत्वपूर्ण हुने बताईन ।नगर प्रमुख रण बहादुर महराले बालविकास केन्द्रलाई नमूना बनाउने सहजकर्ताको मूल्याङकन गरी सेवा सुविधामा बृद्धि गरिने बताए । ‘कार्यविधि बनाएर बालविकासमा कार्यरत सहजकर्तालाई सेवा सुविधा दिन्छौं’ उनले भने । मापदण्ड अनुरुप बालविकास केन्द्रमा बालबालिका ल्याउन नसक्ने, व्यवस्थापन मिलाउन नसक्ने सहजकर्तालाई विदाई गरिने उनको भनाई रहेको छ ।मूल्याङन गरी नमूना बालविकास केन्द्र बनाउने सहजकर्ताको सेवा सुविधामा बृद्धि गर्न कार्यविधि बनाउने योजना रहेको उनले सुनाए । नगरपालिका क्षेत्रमा सञ्चालित ६५ वटा बालविकास केन्द्रमा दुई हजार ५१८ बालबालिका भर्नाभै पढदै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img