झलारि : शुक्लाफाँटाकाे झलारिमा भएकाे नगर स्तरिय नेपाली र अंग्रेजी हस्तलेखन प्रतियोगितामा ललिता ऐडि र दिनेश वाेहराले प्रथम स्थान हासिल गरेका छन्।निम्न माध्यमिक तह स्तरिय प्रतियोगितामा नेपाली हस्तलेखनमा वैजनाथ आधारभुत विधालय शुनपा८का ललिता ऐडि प्रथम भएका छन्।भने अंग्रेजी हस्तलेखनमा वेस्ट पाेइन्ट वाेडिङ्ग स्कुलका दिनेश वाेहरा प्रथम भएका हुन।त्यसैगरि नेपाली हस्तलेखनमा अनुपम एजुकेसन एकेडेमी वंशाह१का रिशव चाैधरिले द्वितीय स्थान हासिल गरेका थिए।भने वैजनाथ मावि कसराेल६का कविता भट्टले तृतीय स्थानकाे पुरूस्कार प्राप्त गर्न सफल भएका थिए।
त्यस्तै अंग्रेजी हस्तलेखनमा अनुपम एजुकेसन एकेडेमी वंशाह१का करिश्मा लुहार द्वितीय स्थान हासिल गरे भने वैजनाथ मावि कसराेल६का जीवन महराले तृतीय स्थानकाे पुरूस्कार प्राप्त गर्न सफल भएका हुन।नेपालकै पहिलाे रियालिटि शाे द पाेइट आइडलकाे टप८मा पर्न सफल कंचनपुरका एकमात्र कवि न्याथन रायन लाई जिताउन सहयाेगार्थ शुक्लाफाँटा कृष्णसार फाउन्डेसन झलारि१०ले निम्न माध्यमिक तह हस्तलेखन प्रतियाेगिताकाे आयाेजना गरेका हाे।प्रतियाेगितामा शुक्लाफाँटाका नगरपालिका भित्रका ४वटा सामुदायिक र ६वटा संस्थागत गरि १० विधालयका २०जना विद्यार्थीले सहभागिता जनाएका हुन्।प्रतियोगिता निष्पक्ष वनाउन प्रतीयाेगिकाे नाम र विधालयकाे नाम समेत थाहा नहुनेगरि काेडकाे व्यवस्था गरेकाे थियाे।हस्तलेखन प्रतियोगितामा सहभागी विधालयका शिक्षककाे समेत सहभागिता रहेकाे थियाे।प्रतियोगितामा उत्कृष्ट अंक ल्यायर प्रथम द्वितीय तृतीय हुने विद्यार्थी लाई कार्यक्रमका सभापति विवेक रावल र निर्णायक संयाेजक डा:शान्ति पंन्तले अविर लगायर प्रमाणपत्र सहित पुरूस्कार प्रदान गरेका थिए।कार्यक्रमको संचालन शुक्लाफाँटा युथ नेटवर्कका संयाेजक हरिश धामिले गरेका थिए।कार्यक्रम शुक्लाफाँटा कृष्णसार फाउन्डेसनका अध्यक्ष विवेक रावलकाे सभापतित्वमा संचालन भएकाे थियाे।
हस्तलेखन प्रतियोगितामा वैजनाथ आधारभुत विधालय पारिफाटा८,विणेश्वर स्टार स्कुल७,वेष्ट पाेइन्ट वाेडिङ्ग स्कुलझलारि१०,चन्द्रसुर्य वाेडिङ्ग स्कुलझलारि१०, धर्म जनता मावि स्टेशनपुर७,सरस्वती मावि अमरपुर११,किड्स ईन्टरनेशनल स्कुल झलारि१०,वैजनाथ मावि कसराेल६,अनुपम एजुकेसन एकेडेमी वंशाह१,गाेल्डेन फ्युचर एकेडेमि८ लगायतका विधालयले कार्यक्रममा सहभागिता जनाएका थिए।शुक्लाफाँटाका अधिकांस जसाे विधालयमा हस्तलेखनका लागि अतिरिक्त शिक्षक राखेर प्रयाेगात्मक कक्षा समेत संचालन गरेकाले अधिकांस विद्यार्थीको लेखनमा सुधार भएकाे निर्णायकले जनाएका छन्।






