कञ्चनपुर: सुदूरपश्चिम विश्व विद्यालय कर्मचारी संघ केन्द्रीय कार्य समितिको सभापतिमा राम बहादुर चन्द (म्यान्डी) र महासचिवमा बिनोद प्रशाद जोशी सहित निर्वाचित भएका छन । सुुप विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय कार्य समितिको प्रथम अधिवेशनले नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट केन्द्रीय सभापतिमा चन्द र महासचिवमा जोशी सहित निर्वाचित भएका हुन । केन्द्रीय सभापतिमा निर्वाचित चन्दले आफ्ना निकटतम प्रत्यासी विष्णू प्रशाद भट्ट र तुलसी प्रशाद पण्डितलाई हराउँदै अध्यक्षमा निर्वाचित भए । चन्दले ३५, भट्टले २८ र पण्डितले ३ मत ल्याएका थिए ।

उपसभापतिमा धुव्र बहादुर रावलले आफ्ना निकटतम प्रत्यासी,बिमला शाह र मनिन मियालाई हराउँदै निर्वाचित भएका छन । रावलले ३७, शाहले २७ र मियाले १ मत ल्याएका थिए । महासचिवमा निर्वाचित जोशीले निकटतम प्रत्यासी पुष्करराज पन्त, तिर्थ बहादुर रावललाई हराउँदै महासचिवमा निर्वाचित भएका छन । जोशीले ३५, पन्तले २६ र रावलले ४ मतल्याएका थिए । सचिवमा शैलेश पाल निर्वाचित भएका छन । पालले आफ्ना प्रत्यासी मदनराज जोशी, मानसिह विष्टलाई हराउँदै निर्वाचित भएका छन । पालले ३४, जोशीले २९ र विष्टले १ मत ल्याएका थिए । कोषाध्यक्षमा सरिता कुमारी खडका निर्वाचित भएका छन । खडकाले आफ्ना प्रंत्यासी जानकी कुमारी जोशीलाई हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । खडकाले ४२ र जोशीले २४ मत ल्याएका थिए । पदाधिकारीमा निर्वाचन भएपनि सदस्य भने सर्वसम्मत भएका छन ।

सदस्यमा पुष्प बहादुर थापा, देवराज विष्ट, पुष्प उपाध्याय, सिद्धराज भट्ट, सुकीराम डगौरा, किसन सिह ऐरी, मोहन बहादुर नेपाली, कुमारी जानकी बडू, केशव दत्त भट्टर, दिलिप सिह विष्ट, ईन्द्र बहादुर रावत, भीम बहादुर विक, टिकादत्त भट्ट, धिर शमसेर कुँवर, गौतम राज मिश्र, एकेन्द्र बहादुर कार्की सर्वसम्मतबाट चयन भएका थिए । सुदूरपश्चिम विश्वविद्याय कर्मचारी संघका पदाधिकारीले कर्मचारीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । सभापति राम बहादुर चन्द(म्याण्डी) र महासचिव बिनोद प्रशाद जोशीले विश्वविद्यालयका कार्यरत कर्मचारीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । निर्वाचित विश्वविद्यालय कर्मचारी संघका पदाधिकारी सदस्यलाई प्राध्यापक, कर्मचारी सहित विवित क्षेत्रबाट बधाईको ओईरो छ ।







